कुवेत । विभिन्न अभियोगमा दोषी ठहर भएका आठ जनालाई आज (आइतबार) कुवेतको केन्द्रीय कारागारमा फाँसी दिन लागेको कुवेतको सुरक्षा स्रोतले जनाएको छ ।
Advertisement
जसमा ७ जना कुवेती र १ जना गैरकुवेती नागरिक रहेको बताइएको छ।
सुरक्षास्रोतका अनुसार अभियुक्तहरूको सबै न्यायिक प्रक्रिया पूरा भई उनीहरू कसुरदार ठहरिएसँगै फाँसी दिन लागिएको हो । यद्यपी उनीहरूको कसुर भने सार्वजनिक गरिएको छैन ।
मृत्युदण्ड दिन लागिएको सन् २०२५ मा पहिलो चरण हो, यसअघि सन् २०२४ सेप्टेम्बरमा ७ जना र सन् २०२२ नोभेम्बरमा ६ जनालाई कुवेत सरकारले मृत्युदण्ड दिएको थियो ।