कृष्ण केसी, भरतपुर ।
चितवनमा प्रगतिवादी उपन्यासकार ॅकामरेड जलजला’ उपन्यासको संवाद तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उपन्यासकार मोहनविक्रम सिंहको उपस्थितिमा २०८१ पुस १८ गते बिहीबारका दिन दिउँसो १ बजे नेपाल पत्रकार महासङ्घ चितवनको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उठेका जिज्ञासाको जवाफ लेखक सिंहले दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू डम्बर पुरी, राजेन्द्र ढुङ्गाना, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकारहरू देवी शर्मा र मोहराज चालिसे, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, राजमो चितवनका अध्यक्ष अमर छेत्री, अखिल नेपाल किसान महासङ्घ चितवनका अध्यक्ष लक्ष्मण चालिसे र अखिल नेपाल जनजाति सम्मेलन चितवनका अध्यक्ष जितबहादुर थापाको उपस्थिति रहेको थियो ।

अखिल नेपाल बुद्धिजीवी सङ्घ चितवनको आयोजनामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार रमेश पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता बुद्धिजीवी सङ्घ चितवनका उपाध्यक्ष खगराज शर्माले गर्नुभएको थियो ।


