काठमाडौं । काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको छ ।
Advertisement
सोमबारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताए ।
उनले यो प्रदर्शनी आगामी २० गतेसम्म चल्ने जानकारी दिए । उनले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताए ।
मेलामा पाँचतले मन्दिर,पशुपति,जानकी मन्दिर,तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको उनले बताए ।
मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको ताम्राकारबो भनाई थियो । उनले कलाकारहरूलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हेर्ने गरिएको गुनासो गरे ।