काठमाडौँ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।
Advertisement
जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विज्ञप्तिमा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको उल्लेख हो ।
विभागका अनुसार हाल देशभर पश्चिमी एवम् स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।