दिनेस रैदास, दाङ ।
दाङको इलाका प्रहरी कार्यालय भालुबाङले अवैध रूपमा लुकाईछिपाई राखेको सालका पाँच थान चिरान घप्पु बेवारिसे अवस्थामा फेला पारेको छ ।
राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट देवीकोट कच्ची सडक खण्डको शान्ति सामुदायिक वनको धर्मपानी भन्ने स्थानमा उक्त घप्पु फेला पारेको हो ।
चिरान घप्पु प्रति क्युफुट एक हजारका दरले हुने उक्त काठको मूल्य रु. सात हजार मूल्याङ्कन गरिएको सबडिभिजन कार्यालय राप्ती मसुरियाका वरिष्ठ वन अधिकृत विनोद शाहले बताउनुभयो ।
मङ्गलबार राती असोज १५ गते सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङका टोली त्यहाँ पुगी उक्त काठ बरामद गरी इलाका प्रहरी कार्यालय भालुबाङ पुर्याएको प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिनुभयो । उहाँका अनुसार सबडिभिजन कार्यालय मसुरियाका प्रमुखलाई खबर गरी बरामद काठ आवश्यक अनुसन्धान र कारबाहीका लागि जिम्मा लगाइएको जानकारी दिनुभयो ।
राप्ती गाउँपालिका को वडा नम्बर ९ देवीकोटदेखि वडा नम्बर ४ को शान्ति सामुदायिक वन क्षेत्रभित्र व्यापक वन तस्करी हुने र उक्त काठ देउखुरीका बिजौरी, मौरीघाट, बाह्रखुट्टी र पाखापानीका काठ मिलहरूमा ओसारप्रसार हुने गरेको स्थानीयहरू बताउँछन् ।