• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाढीपहिरोको जोखिम न्युनीकरण गर्न सरकारसित मसालको आग्रह


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले बाढीपहिरोको जोखिम न्युनीकरण गर्न सरकारसित आग्रह गरेको छ ।

    Advertisement

    “अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन” मसालले भनेको छ– “उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले पर्याप्त जनशक्ति परिचालन गर्नुपर्नेमा समेत हामीले जोड दिन चाहन्छौँ ।”

    बाढीपहिरोमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको उक्त प्रेसवक्तव्यमा मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउन मसालले सरकारसँग माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “देशका विभिन्न भागमा बाढीपहिरोले ठुलो जनधनको क्षति भइरहेको छ । यातायातमा बाधा उत्पन्न हुनुका साथै नागरिक जीवन अस्तव्यस्त बन्न गएको छ । कैयौँले जीवन गुमाउनुका साथै बेपत्ता भएका छन् । कैयौँको घरबास बाढीपहिरोमा परी लोप भएका छन् । देशमा त्यसरी बाढीपहिरोबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै बाढीपहिरोबाट जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बाढीपहिरोका विभिन्न घटनामा बेपत्ता भएका सबै नागरिकको खोजतलासमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छौँ ।

    देशमा बाढीपहिरोको घटना पहिलेदेखि नै गम्भीर रूपले हुँदै आएका छन् । बाढीपहिरोको रोकथाम र त्यसबाट हुने क्षतिलाई कम गर्नका लागि सरकारले प्रभावकारी पहलकदमी लिएको पाइँदैन । बाढीपहिरोबाट मानव बस्ती, सडक बाटोघाटो, जग्गाजमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ । यो दुःखको कुरा हो कि बाढीपहिरो जोखिम प्रबल भएको बेलामा सडकयात्राको जोखिमप्रति सरकार सचेत रहेको देखिँदैन । त्यसले गर्दा देशले बढी क्षति ब्यहोर्नुपरेको छ । हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढीपहिरो नियन्त्रण र जोखिमतालाई न्युनीकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ । अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन । उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले पर्याप्त जनशक्ति परिचालन गर्नुपर्नेमा समेत हामीले जोड दिन चाहन्छौँ ।

    अन्तमा, बाढीपहिरोमा परी मृत्यु भएका सबै नागरिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि हामीले सरकारसँग माग गर्दछौँ ।”

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.