चन्द्रा श्रीस, काठमाडौँ ।
काठमाडौँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को तेइसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
“सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एक होऔँ” भन्ने मूल नाराका साथ २०८१ भदौ २९ गते शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि रहनुभएका युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।
सम्मेलनलाई शुभकामना दिनेहरूमा अखिल (छैठौं) का केन्द्रीय सचिव पुरन पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य खगेन्द्रा विष्ट, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष समीर सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, अखिल नेपाल महिला सङ्घ काठमाडौँकी जिल्ला अध्यक्ष ऋतु केसी, राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्ट, प्रगतिशील पत्रकार सङ्घका जिल्ला अध्यक्ष रोशन दानी, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, नेकपा (मसाल) काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो भक्तपुरका सचिव इश्वरी शर्मालगायत रहनुभएको थियो ।
सम्मलेनले मदन भुसाल अध्यक्ष रहनुभएको २५ सदस्यीय अखिल ९छैठौँ० को जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा समष्टि बुढा, सचिवमा पृथ्वी रोका, सहसचिवमा सङ्गगम थापा र कोषाध्यक्ष अरुग्णता पुरी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा क्षितिज थापा, चन्द्रा गिरी, प्राची भट्ट, किरण पाण्डे, मिलनसिंह ठकुरी, सुप्रभा कार्की, सङ्गीन श्रीस, दिवेश चापागाइँ, दिव्यमोहन जिसी, अमृता घर्तीमगर, मनोज विक, खगोल क्षेत्री, विश्वास विक, विजय कार्की, प्रवेशिका पाण्डे, दिपना अदै, सीता अधिकारी, सीमा रेग्मी र निशा विक रहनुभएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।
सो सम्मेलनले चयन गरेको समितिलाई अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनले बधाई दिनुभएको थियो ।
सम्मेलनको अध्यक्षता धु्रव बस्याल, सञ्चालन मदन भुसाल र स्वागत समष्टि बुढामगरले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानकाका कलाकारको प्रस्तुति रहेको थियो ।
