भिङ्ग्री (प्युठान) । प्युठानको स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राजमो स्वर्गद्वारीका अध्यक्ष गिरबहादुर गुरुङको नेतृत्वमा २०८१ भदौ २७ गते बिहीबार गएको एक प्रतिनिधिमण्डलले १५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधिमण्डलमा राजमो नगर समितिका सचिव दोर्ण रावल, कोषाध्यक्ष शिव पन्थी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का स्वर्गद्वारी नगर समितिका अध्यक्ष मोहन गोराथोकी र अखिल नेपाल युवक सङ्घ स्वर्गद्वारी नगर समितिका सल्लाहकार कुवेर भण्डारीको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, धर्मनिरपेक्षता, गणतन्त्र, धर्मनिरपेक्षता, भ्रष्टाचार, अनियमिता जस्ता राष्ट्रिय समस्या तथा स्थानीय समस्याहरू उठाइएको छ ।

