काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्षसमेत रहनुभएका लालबहादुर थापाको नेतृत्वमा २०८१ भदौ २५ गते मङ्गलबार गएको प्रतिनिधिमण्डलले सो ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन राजमो केन्द्रीय प्रतिनिधि आनन्दराज शर्मा, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, जिल्ला समितिका सचिव छविबहादुर खनाल, जिल्ला सदस्यहरू केबी घले, यमलाल खनाल, छविलाल गैरे, प्रेम भण्डारी, ऋतु केसी, सल्लाहकारहरू लक्ष्मणदेव पाण्डे र दिवाकर सुवेदी, जिल्ला प्रतिनिधिहरू जगतप्रसाद रेग्मी र चुरामणि भुसालसहितको प्रतिनिधिमण्डल जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेको थियो ।
१५ बुँदे ज्ञापनमा राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, गणतन्त्र, धर्मनरपेक्षता, सङ्घीयता, भ्रष्टाचार, सङ्क्रमणकालीन न्याय, यातायात क्षेत्रका समस्यालगायतका विषय उठाइएको छ ।
