कोट्याम (भारत) । भारतको केरलास्थित कोट्याममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
सेप्टेम्बर १, २०२४ का दिन कोट्टयामको कटपन्ना एरिया समितिले सो कार्यक्रम मनाएको हो ।
हरिप्रसाद पाण्डेको सञ्चालन तथा सन्तु केसीको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, नगर सदस्य रामबहादुर केसी र नगर महिला विभागकी सदस्य दुर्गा शर्माको आतिथ्यमा कलाधर शर्माले स्वागत गर्नुभयको थियो ।
कार्यक्रममा नेत्र पौडेल, लेखनाथ शर्मा, प्रेम गौतम, धनप्रसाद शर्मा, राजु आचार्य, अर्जुन शर्मा, झरना शर्मा, सरस्वती शर्मा, रूपा रेग्मी, सावित्रा केसी, पार्वती गौतम, मीना पौडेल, मुकुन्द पौडेल, वीरेन्द्र पौडेल, नवीन केसी र विष्णु शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सो अवसरमा रूढिवादी परम्परालाई परास्त गर्नुपर्छ भन्ने विचारसहितका गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।