चेन्नै (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीमबहादुर थापालाई पुत्रिशोक परेको छ ।
अगस्त २९, २०२४ बिहीबारका दिन थापाकी ४३ वर्षीया छोरी सावित्री थापाको निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।
यसैबिच, मूल प्रवाहको दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज शर्मा पौडेलले शोकवक्तव्य जारी गर्दै सावित्रीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
शोकवक्तव्यमा सावित्रीले सङ्गठनका विभिन्न क्षेत्रमा रही महत्त्वूर्ण योगदान पुराउँदै आउनुभएको बताउँदै एक अनुशासित र निष्ठावान् कार्यकर्ताको निधनले सङ्गठनलाई अपूरणीय क्षति भएको बताइएको छ ।
शोकवक्तव्यमा उल्लेख गरिएअनुसार स्मृतिशेष सावित्री दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत महिला विभागकी पूर्व क्षेत्रीय सदस्यका साथै हाल बेङ्गलोर उत्तर नगर समितिकी सदस्य हुनुहुन्थ्यो ।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को मकर नगरपालिका–१६ बर्दघाट निवासी सावित्री अस्वस्थ भई बेङ्गलोरस्थित डा। अम्बेडकर इन्स्ट्यिुट अफ मेडिकल कलेज साइन्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा आजै बिहान उहाँको असामयिक निधन भएको थियो ।
सावित्री पति चन्द्रु थापा र दुई छोरासँगै बेङ्गलोरमा रहँदै आउनु भएको थियो ।