• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कुवेत दूतावासबाट ३६९ नेपालीको उद्धार


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।

    Advertisement

    कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भई दूतावासको शरणमा आएका ३६९ जना घरेलु कामदारको उद्धारको सम्पूर्ण प्रकृया पूरा गरेर नेपाल पठाएको जनाएको छ ।

    राजदुत घनश्याम लम्सालले अगसत १६, २०२४ का दिन सो जानकारी दिनुभएको हो ।

    सोही अवधिमा दूतावासबाहिर बसेका अन्य ३९० जना घरेलु कामदारलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पूरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनुभयो ।

    राजदूत घनश्याम लम्सालले कार्यभार सम्हालेउप्रान्तको तथ्याङ्क हो ।

    राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरणबाहेक) प्रमाणित गरिएको, १३ हजार चार सय ७८ राहदानी नवीकरण गरी जारी गरिएको, तीन हजार सात सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका तीन हजार दुई सयसहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपूर्ति रकम एक लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको, ३७ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

    अहिले पनि ५१ जना नेपाली विभिन्न मुद्दामा अदालतको निर्णयबमोजिम कुवेतका जेलमा सजाय भोगिरहेका जानकारी दिइएको छ ।

    जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, चार जना मादक पदार्थको किनबेचमा, दुई जना हत्या अपराधमा सजाय पाएकाहरू छन् ।

    त्यस्तै, यस अवधिमा कुवेत र इराकमा गरी ६३ जना नेपालीको ज्यान गएको छ । त्यसमध्ये जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाई अस्पतालबाट उद्धार गरी नेपाल पठाइएको र चार जना अझै पनि अस्पतालका शैयामा रहेको जानकारी दिइएको छ ।

    नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भ्रातृ सङ्गठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासङ्घसँगको सामूहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.