• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालगन्जमा बढेको कोरोना संक्रमणपछि लकडाउनको अवस्था के हुन्छ ?


  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंमा लामो समयसम्म कोरोना संक्रमित नभेटिएपछि जारी लकडाउन उपत्यकामा खुकुलो बनाउनुपर्ने चर्चा चलिरहेको छ । सरकारले वैशाख २५ गते पछि सामाजिक दूरी कायम गरी उद्योग धन्दा सञ्चालन गर्ने  विद्यालयमा विद्यार्थी भर्ना सुरु गर्न आग्रह गरिएको छ ।

    Advertisement

    यसको अर्थ लकडाउन अब खुकुलो हुनेछ भन्ने नै हो ।

    तर, आइतबार एकाएक नेपालगन्जमा ठुलो संख्यामा कोरोना संक्रमित देखिएपछि यसले देशब्यापी त्रास सिर्जना गरेको छ । लकडाउन खुकुलो होला र जनजीवन सामान्य बन्ला भनेर अपेक्षा गरेका नागरिक फेरि चिन्तित बनेका छन् ।

    नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएपछि देशभरको लकडाउनमा कडाइ गरिएको छ । थप जोखिम नबढोस् भनेर लकडाउन कडाइ गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका प्रहरी प्रवक्ता (डीआईजी) नीरज शाहीका अनुसार देशभर लकडाउन कडा पारिनेछ । एक जिल्लाबाट अर्को जिल्लामा आवागमन र काठमाडौं उपत्यका प्रवेशमासमेत कडाइ गरिनेछ ।

    अहिलेसम्म काठमाडौं उपत्यका तुलनात्मक रुपमा सुरक्षित देखिएपनि लकडाउन खुकुलो भएमा संक्रमण फैलनसक्ने प्रहरीको बुझाई छ ।

    आइतबार बाँकेको नेपालगञ्जमा १५ र पर्सा बिरगञ्जमा १ गरी एकै दिन १६ जना संक्रमित भेटिएका थिए ।

    नेपालगन्जमा एकै पटक धेरै संक्रमित भेटिनुको कारण
    नेपालगन्जमा एकै दिन कोरोनाभाइरसका १५ जना नयाँ संक्रमित भेटिएपछि अचानक कसरी संक्रमितको संख्या बढ्यो भन्ने प्रश्न जन्मिएको छ।

    स्वास्थ्य अधिकारीहरूले संक्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र संक्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन् ।

    भेरी अस्पताल नेपालगन्जका प्रमुख ड. प्रकाश थापाका अनुसार शंकाको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला संक्रमित फेला परेका हुन् । बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै संक्रमित देखिएका डा. थापाको भनाई छ ।

    लकडाउन थप्ने तयारी
    कोरोना संक्रमण बढेसँगै लकडाउन बढ्ने भएकोे छ । गत चैत ११ देखि देखि सुरु भएको देशब्यापी लकडाउन चौथोपटक थपेर वैशाख २५ सम्म पुर्र्याइएको छ ।
    कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ।

    मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।

    भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ ।

    नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।

    सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.