• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बिकानेरमा मूल प्रवाहको प्रथम नगर सम्मेलन


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • विकानेर (भारत) । भारत राजस्थानको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरद्वारा दीप प्रज्ज्वलन गर्दै सो सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै पुनले प्रवासी नेपालीको नोट चल्ने तर भोट नचल्ने नेपाल सरकारको रवैया ठिक नभएको बताउनुभयो ।

    ‘प्रवासी नेपालीको नोट चल्ने, भोट नचल्ने ?’ प्रश्नचिह्न राख्दै उहाँले भन्नुभयो– ‘२०६२–६३ को महान् जनआन्दोलन भारत प्रवासमा रहेका प्रवासी नेपालीको सहयोगमा सम्पन्न भएको थियो तर सत्तामा पुगेपछि राजनीतिक पार्टीका नेताहरूले प्रवासी नेपालीको त्यो गुनलाई बिर्सिए ।’

    कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय समितिका सदस्य रामप्रसाद पोखरेल, कमला पाण्डे, रामकुमार रसाइली, महिला विभागबाट सविता खनाल शर्मा, सांस्कृतिक विभागबाट बोमबहादुर विष्ट, जनजाति विभागका बलबहादुर रानाले शुभकामना दिनुभएको थियो ।

    त्यस्तै नगर समितिका सचिव पारस पराजुली, मनिसा भुल, विशाल अधिकारी, किसन भुल, भुप क्षेत्री, अनिल मगर, देवराज मगर, उमेश, रमेश, विष्णु केसी, राम बहादुर राना, जमानसिंहलगायतले शुभकामना दिनुभएको थियो ।

    उद्घाटन कार्यक्रमको अध्यक्षता लोकबहादुर पाण्डेले र सञ्चालन राजु विसीले गर्नुभएको थियो । ज्ञातअज्ञात सहिदको सम्झनामा एक मिनेट मौनधारणपछि सविता खनाल शर्माले स्वागत गर्नुभएको थियो ।

    घोषणासभा

    घोषणासभापूर्व सम्मेलनमा सहभागीले जुलुसनारासहित सहर परिक्रममा गरेका थिए । ‘सङ्घीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन’, ‘इङ्कलाब जिन्दावाद !’, ‘संसारका मजदुर एक हौँ !’, ‘नेपाली एकता जिन्दावाद !’, ‘नेपाल तथा भारतीय जनताको मित्रता अमर रहे !’ लगायतका विभिन्न नारा लगाइएको थियो ।

    जुलुसपश्चात् परिणत भएको घोषणासभाको अध्यक्षता लोकबहादुर पाण्डेले र सञ्चालन रामकुमार रसाइलीले गर्नुभएको थियो । राजु विसीले उपस्थित जनसमुदायलाई शब्दबाट र कलाकारले साङ्गीतिक प्रस्तुतिबाट स्वागत गर्नुभएको थियो ।

    घोषणासभामा केन्द्रीय सचिवालय सदस्य पुनमगरको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रीय सदस्य कृष्ण जिसी, तारा सोमरे, क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौँपाने, राप्रसाद पोखरेल, कमला पाण्डे, लालबहादुर चुदाली, सांस्कृतिक विभागबाट बोमबहादुर विष्ट, कृष्णा नेपाली, जनजाति विभागबाट बोमबहादुर राना, महिला क्षेत्रीय विभागबाट सविता खनाल शर्मा, अखिल भारत नेपाली विद्यार्थी सङ्घबाट आरती नेपालीलगायतको आतिथ्य रहेको थियो ।

    अध्यक्षमा अधिकारी

    केन्द्रीय सदस्य तारा सोमरेले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।

    सम्मेलनले विशाल अधिकारी अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकार गरी २५ सदस्यीय बिकानेर नगर समिति निर्वाचित गरेको छ ।

    समितिमा उपाध्यक्ष रामप्रसाद पोखरेल, सचिव राजु विसी, सहसचिव रामकुमार रसाइली र कोषाध्यक्ष लोकबहादुर पाण्डे रहनुभएको थियो ।

    त्यस्तै, सदस्यहरूमा कमला पाण्डे, किसन भुल, बलबहादुर राना, श्रीप्रसाद शर्मा, पारस पराजुली, रामबहादुर राना, विष्णु केसी, उसा विसी, सविता शर्मा र मनिसा भुल रहनुभएको छ ।

    वैकल्पिक सदस्यमा मिरा भुल, भूप खत्री, राजन ढकाल, अमन तमाङ र श्रीधर भट्टराई रहनुभएको सो समितिको सल्लाहकारमा जमानसिंह विक, किसन विक, गोपाल थापा, रनत भुल र अनिल मगर रहनुभएको छ ।

    महिला विभागमा पाण्डे

    सम्मेलनले कमला पाण्डे संयोजक रहनुभएको १७ सदस्यीय महिला विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा सविता शर्मा, मनिसा भुल, सुना थापा, उसा विसी, सृजना पराजुली, पुष्पा केसी, रिता केसी, मिरा भुल, शान्तिदेवी, प्रेमकला बराल, धौली भूल, रूपा भूल, भगवती भूल र देवु भूल रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई पुनमगर, कृष्ण जिसी, तारा सोमरे, गिरुप्रसाद न्यौपाने, राप्रसाद पोखरेल, कमला पाण्डे, लालबहादुर चुदाली, बोमबहादुर विष्ट, कृष्णा नेपाली, आरती नेपाली र सुरज सुवेदीलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    विकानेर र श्रीगङ्गानगरका रक्तिम कलाकारले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.