फरिदावाद (भारत) । भारतको फरिदावादमा मूल प्रवाह अखिल भारत नेपाल एकता समाजको उन्नाइसौँ नगर सम्मेलनसम्पन्न भएको छ ।
महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अगस्त ३–४, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख अतिथि पौडेलको ब्यानर खोलेर सम्मेलनको सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाह नेपालको वामपन्थी आन्दोलनका लागि नेता उत्पादन गर्ने कारखाना भएको बताउनुभयो ।
‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालको वामपन्थी आन्दोलनका लागि नेता उत्पादन गर्ने कारखाना हो’ उहाँले भन्नुभयो– ‘नेपालमा चल्ने विभिन्न जनपक्षीय आन्दोलनमा मूल प्रवाहले नेताकार्यकर्ता तयार पारेर पठाउँदै आएको छ ।’
फरक प्रसङ्गमा उहाँले मूल प्रवाह प्रवासी नेपालीको न्याय, हकहित र अधिकारको सवालमा गत ४५ वर्षको अवधिमा कहीँ कतै नचुकेको दावी गर्नुभयो ।
‘हामीमाथि आक्षेप लगाउनेले मूल प्रवाह कहाँनेर चुक्यो भनेर भन्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो– ‘हामी चुकेका छैनौँ । मूल प्रवाको इतिहास र वर्तमान अत्यन्तै उज्ज्वल छ ।’
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव शिव केसी, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, विद्यार्थी केन्द्रीय सचिव सरिता बिसीले मन्तव्य राख्नुभएको थियो ।

सम्मेलनको अध्यक्षता सूर्यबहादुर क्षेत्रीले र सञ्चालन धरम खनालले गर्नुभएको थियो । अतिथि, प्रतिनिधि, पर्यवेक्षकलाई अशोक कुँवरले स्वागत गर्नुभएको थियो ।
घोषणासभा
घोषणासभाको अध्यक्षता बाबुराम विष्टले र सञ्चालन रमेशचन्द्र क्षेत्रीले गर्नुभएको थियो । सम्मेलनमा सहभागीलाई रक्तिमका कलाकार र तामाराम ढकालले स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा बिसी
नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव केसीले गर्नुभएको थियो ।
सम्मेलनले विष्णु बिसी अध्यक्ष रहनुभएको ३१ सदस्यीय फरिदावाद नगर समिति गठन गरेको छ ।
समितिमा विष्णु बिसी, उपाध्यक्ष अशोक कुँवर, सचिव बाबुराम विष्ट, सहसचिव शान्ता भुसाल र कोषाध्यक्षमा रमेशचन्दू क्षेत्री रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा धरम खनाल, रामबहादुर बिक, चन्द्र अधिकारी, शकुन्तला थापा, लोकराज थापा, तामाराम शर्मा, किसन थापा, बाबुराम भुसाल, कालिदास थापा, माया बिसी, मानसिंह विष्ट, किशन नेपाली, सरिता बिसी र तुलबहादुर जिसी रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यहरूमा सविता थापा, मानबहादुर पाण्डे, सुरेश गिरी, निर्मल सोनवानी मगर र लक्ष्मण श्रेष्ठ तथा
सल्लाहकारहरूमा उमेश जिसी, मनु विष्ट, हरि पोखरेल, विकास छेत्री, मनिराम थापा र नुमानन्द भुसाल रहनुभएको छ ।
महिला नगर विभाग
सोही अवसरमा महिला नगर विभागको पनि घोषणा गरिएको थियो ।
शकुन्तला थापा संयोजक रहनुभएको सो विभागको सदस्यहरूमा बिमला महरा, मनिषा जिसी, मिश्री खड्का, नमकला विष्ट, रेश्मा पुन, विष्णु थापा, सविता थापा, सरस्वती पाण्डे, सृजना पाण्डे, सीता सुवेदी, सुशीला पाण्डे, मनु विष्ट, गोमा घिमिरे, सविता मगर, गोमिता पुनमगर, मीना केसी, ऋतु भण्डारी, हेमा बस्नेत, माया थापा, हरिकला भुसाल, कल्पना सापकोटा, मीना जिसी, शिवकला पाण्डे, कमला कुँवर, सङ्गीता विष्ट, वसन्ता खनाल, सुमन कुसुम, बिमला रानी थापा, दीपिका अधिकारी, चन्द्रकला नेपाली, सीता शर्मा, कल्पना शर्मा, शारदा अधिकारी, विष्णु थापा, शुष्मा थापा, लक्ष्मी शर्मा, शान्ति केसी, शान्ता थापा, लक्ष्मी सुनार, चन्द्रकला सोनवानी मगर, कालिका नेपाली, चन्द्रकला ढकाल, लक्ष्मी गिरी, मीना भुसाल र चन्द्रकला भुसाल रहनुभएको छ ।

समितिलाई कपिल खनाल, शिव केसी, तिलक पाण्डे, राम बहादुर विक, दिनेश पन्थी, सूर्य बहादुर क्षेत्री, रामु धमाला, सुनिल थापा, सरिता विसी, मायाँ विसी, कमला कुशुमलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
क्षेत्रीलाई बिदाई
सोही अवसरमा पूर्व नगर अध्यक्ष एवम् हाल पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रहनुभएका सूर्यबहादुर क्षेत्रीले नोकरीबाट अवकाश लिई सदाको लागि स्वदेश जान थालेकोमा बिदाई गरिएको थियो ।
प्रमुख अतिथि पौडेलले दोसल्ला ओढाउनुका साथै अबिर लगाएर तथा उपाध्यक्ष खनालले नगर समितिको तर्फदेखि स्मृतिचिह्न प्रदान गरेर उहाँलाई बिदाई गरिएको थियो ।
सम्मेलनमा रक्तिम सांस्कृतिक विभागका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


