वापी (भारत) । भारतको वापीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारओटा नगर समितिहरू वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासाको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त ३ र ४ (२०२४) का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले प्रवासी नेपालीले २०६२–६३ जनआन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको तर ठुला भनाउँदा राजनीतिक पार्टीहरूले सत्तामा पुगेपछि आफूहरूलाई बिर्सिएको बताउनुभयो ।
‘प्रवासी नेपालीको मताधिकारको विषयलाई लिएर मूल प्रवाहले लगातार सङ्घर्ष गर्दै आएको छ’ खनालले भन्नुभयो– ‘विभिन्न समयमा नेपाल सरकार र त्यसका सम्बन्धित निकायलाई प्रवासी नेपालीको मताधिकारको माग निरन्तर उठाउँदै आएको छ तर सुनिदैन ।’
कार्यक्रममा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय समितिका सदस्य गोविन्दबहादुर थापा, केन्द्रीय सदस्यहरू रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुँवर, केन्द्रीय महिला विभागकी सदस्य बिना काउछा, क्षेत्रीय समितिका सदस्य प्रविन काउछा, प्रकाश जनाला, क्षेत्रीय महिला विभागकी संयोजक विष्णुमाया शर्मा, रक्तिम संस्कृतिक विभागका सविना कुँवरलगायतको आतिथ्य रहेको थियो ।
वापी पश्चिम
सम्मेलनले १९ पूर्ण, छ वैकल्पिक र छ सल्लाहकार गरी ३१ सदस्यीय वापी पश्चिम नगर समिति निर्वाचित गरेको छ ।
समितिको अध्यक्षमा देवेन्द्र रावल, उपाध्यक्षमा जितु ठकुल्ला, सचिवमा भरत विष्ट, सहसचिवमा नवीन चलाउने र कोषाध्यक्षमा दिनेश खड्का रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा निखिल रावत, हरि काउछा, लक्ष्मी कुँवर, भोपाल कुँवर, टङ्क कुँवर, पुष्करनाथ योगी, तिलक शर्मा, पवन खड्का, ललित रावल, मोहन ठकुल्ला, रिम राना, प्रकाश ठकुरी, गोविन्द चलाउने र शङ्कर ठकुल्ला रहनुभएको छ ।
सम्मेलनले वैकल्पिक सदस्यहरूमा देवकृष्ण परिवार, जनक ठकुल्ला, रमेश केसी, पदम केसी, बम रावल र खेम बुढाथोकीलाई तथा सल्लाहकारहरूमा भोज केसी, आरसी चन्द्र, सुरेश विक, मकर बटाला र सन्तोष चौधरीलाई चयन गरेको छ ।
महिला विभाग वापी पश्चिम
त्यस्तै, पवन खड्का संयोजक रहनुभएको वापी पश्चिम महिला विभाग गठन गरेको छ ।
विभागको सदस्यहरूमा लक्ष्मी कुँवर, देविकला रावल, देविकला परियार, कल्पना परियार, निरू ठकुल्ला, तारा रावत, दुधकला विष्ट, भजन रावल, सर रावल, मीना जैसी, मीना चलाउने, भारती चलाउने, कृष्णा चलाउने, भावना चलाउने, सरस्वती धामी, लक्ष्मी कुँवर (ख), सोनमनाथ योगी, दिव्या जोशी, नन्दा कुँवर, मनिका राना, शुष्मा थापा र पवित्रा खड्का रहनुभएको छ ।
वापी पश्चिम नगर समिति र महिला विभागको घोषणा केन्द्रीय समिति सदस्य गोविन्बबहादुर थापाले गर्नुभएको थियो ।
वाप पूर्व नगर समिति
सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको २५ सदस्यीय वापी पूर्व नगर समिति चयन गरेको छ ।
समितिमा अध्यक्ष गनबहादुर राना, उपाध्यक्षमा चन्द्र विक, सचिव मनोज थापा, सहसचिव सोम सूर्यवंशी र कोषाध्यक्ष तुल्सिराम भण्डारी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा सुभाष राना, देविराम सर्तुङ्गी, खेमराज विक, इन्द्र बन्जाडे, विष्णुमाया भण्डारी, शोभा धामी, सुनिता कोली, सृजना थापा, सुशीला भण्डारी र भूमिराज शर्मा रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा नरेन्द्र गुरुङ, अजय बुढा, खुसिराम विक रहनुभएको सो समितिको सल्लाहकारहरूमा भूवनसिंह धामी, चेतनाथ ढकाल र भरत केसी रहनुभएको छ ।
महिला विभाग वापी पूर्व
सम्मेलनले शोभा धामी संयोजक रहनुभएको महिला विभाग गठन गरेको छ ।
विभागको सदस्यहरूमा सिर्जना थापा, सुशीला भण्डारी, सुनिता कोली, सीता बन्जाडे, बिमला राना, पुनम शर्मा, सरस्वती अधिकारी, मीना खत्री, धनमाया ठकुरी, लक्ष्मी राई, चन्द्रिका सूर्यवंशी, माया राना, जुनी थापा बुढा, कल्पना थापा, मीना चौधरी, कोपिला कँडेल, शर्मिला रसाइली, रेणुका विक र अम्बिका रानाभाट रहनुभएको छ ।
केन्द्रीय सचिव एवम् क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीले उपर्युक्त दुवै समितिको घोषणा गर्नुभएको थियो ।
दमन नगर समिति
संयुक्त सम्मेलनले ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकार गरी १७ सदस्यीय दमन नगर समिति निर्वाचन गरेको छ ।
समितिमा अध्यक्ष शेरबहादुर विक, उपाध्यक्ष निलेश आउजी, सचिव गणेश ओझा, सहसचिव किसन राना र कोषाध्यक्ष शेरसिंह आउजी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा धर्मराज जोसी, दुर्गा राना, बाबुराम दहित, भगतसिंह विक, सानु देउवा र महेश केसी तथा वैकल्पिक सदस्यहरूमा कृष्ण सलाम, आसमान चौधरी र दुर्गादत्त जोशी रहनुभएको छ ।
सम्मेलनले सल्लाहकारमा नरेन्द्र नागर्जी, दीपिका नेपाली र किसन जोशीलाई चयन गरेको छ ।
महिला विभाग दमन
त्यस्तै सम्मेलनले दुर्गा राना संयोजक तथा सदस्यहरू सानु देउवा, अमृता विक, अग्निदेवी दहित, कमला विक, चन्दा आउजी र दिपिका नेपाली रहनुभएको दमन महिला विभाग गठन गरेको छ ।
दमन नगर समिति र महिला विभागको घोषणा केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कृष्ण कुँवरले गर्नुभएको थियो ।
सिलवासा नगर समिति
सम्मेलनले १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकार रहनुभएको २१ सदस्यीय सिलवासा नगर समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा रामबहादुर थापा, उपाध्यक्षमा राजेश चौधरी, सचिवमा सुरेन्द्र राना, सहसचिवमा शेसराम चौधरी र कोषाध्यक्षमा मानबहादुर थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा ज्ञानुनाथ, हर्क साह, मीना विक, पुतली कुँवर, सीता थापा, विद्या नाथ, गोविन्द चौधरी र दीपेश लिम्बु रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यहरूमा छोटुराम चौधरी, सुवास विक र सचिन जोशी तथा सल्लाहकारहरूमा लालबहादुर हौजाली, केमबहादुर सारू, प्रेम थापा र बिमला लिम्बु रहनुभएको छ ।
महिला विभाग सिलवासा
त्यस्तै, सम्मेलनले संयोजकमा विद्या नाथ तथा सदस्यहरू सीता थापा, पुतली कुँवर, बजन्ती विष्ट, इसरा रावल, सीता रावल, सीता खड्का, रमा विक, कमला स्वार, भजना रावल, मनिषा रावल, केशरी थारू, बदना रावल, कविता रावल, डम्मरा कुँवर, शारदा नाथ, भागी रावल, सनु स्वार, विष्णुमाया थापा, विमला लिम्बु र बिन्दु मिश्र रहनुभएको महिला समिति पनि चयन गरेको छ ।
सम्मेलनको घोषणासभा भूवनसिंह धामीको अध्यक्षता, निखिल रावतको सञ्चालन तथा शेरबहादुर विक र रक्तिम सांस्कृतिक अभियानको स्वागतसँगै सम्पन्न भएको थियो ।