• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

बागलुङमा एक अर्ब ३४ करोडको आलु उत्पादन


  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
  • ढोरपाटन । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो ।

    Advertisement

    आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।

    जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो । अघिल्लो वर्ष रु एक अर्ब ३४ करोड बराबारको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष तीन हजार छ सय ५५ हेक्टर क्षेत्रमा आलुखेती भएकामा यस वर्ष बढेर तीन हजार सात सय ८० हेक्टर पुगेको छ ।

    जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उनले बताए । गत वर्ष ५९ हजार छ सय ५० टन उत्पादन भएको थियो । उनका अनुसार हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने याममा सुरु हुन थालेको प्रमुख सिलवालले बताए । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उनी बताउँछन् ।

    ‘आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रूपमा आलुखेती गर्दै आउनुभएका किसान अहिले प्रविधिसँग जोडिन थाल्नुभएको छ, उन्नत जातका आलु लगाउन थाल्नुभएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, पोखरा, बुटवललगायत ठाउँमा पुग्ने गरेका छन्’ प्रमुख सिलवालले भने, ‘यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।’

    काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताए । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको उनले बताए । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष धेरै किसान आलुखेती गर्नतर्फ लागेका छन् । रासस

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.