• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहले श्रमजीवीमाथिको अन्याय विरुद्ध शक्ति निर्माण गरेको छ : पौडेल


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, अम्बाला (भारत) ।
    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रमजीवीमाथि हुने सबै प्रकारका अन्याय विरुद्ध एकताबद्ध शक्ति निर्माण गरेको छ’ उक्त धारणा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवम् पूर्व सांसद दुर्गा पौडेलको हो ।

    Advertisement

    जुलाई २८, २०२४ का दिन मूल प्रवाह अम्बाला नगर समितिको पाँचौँ सम्मेलनको घोषणासभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उपाध्यक्ष पौडेलले मूल प्रवाह अन्याय विरुद्ध मौरीको गोला जस्तै सशक्त लडाइँ लडेको सङ्गठन भएको दावी पनि उहाँले गर्नुभयो ।

    त्यस्तै उहाँले गास, बास, कपासको ग्यारेन्टीको लडाइँ लडिरहने मूल प्रवाहले देशको हरेक न्यायोचित आन्दोलनमा समेत इँटा थप्ने गौरवमय कार्य गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले एकता समाजलाई विशाल बनाउने आन्दोलनको सुरुआत यो नगर सम्मेलन अभियान भएको दावी गर्नुभयो ।

    उहाँले मूल प्रवाह भारतस्थित नेपालीको हकहितको पक्षमा मुटु र मस्तिष्क दुबै भएको पनि बताउनुभयो ।

    अध्यक्षमा सुवेदी

    सम्मेलनद्वारा निर्वाचित समितिको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले गर्नुभएको थियो ।

    सम्मेलनले कमल सुवेदी अध्यक्ष रहनुभएको १३ पूर्ण चार वैकल्पिक सदस्य र चार सल्लाहकार गरी २१ सदस्यीय नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा लक्ष्मण अर्याल, सचिवमा प्रेम रसाइली, सहसचिव देवीराम गैरे शर्मा र कोषाध्यक्षमा भीमबहादुर राना रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा धनबहादुर खडका, बाबुराम शर्मा, किसन शर्मा, रामप्रसाद बस्याल, विष्णु सापकोटा, जयदेव थापा, रामबहादुर सुनार र दुर्गा पन्त रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा भीमबहादुर केसी, विष्णु क्षेत्री, गोपाल नेपाली र रेश्मा केसी रहनुभएको सो समितिको सल्लाहकारमा आशिष अर्याल, केवश पन्त, रेवतीप्रसाद आचार्य र गङ्गाविसन ढकाल रहनुभएको छ ।

    महिला विभाग

    सम्मेलनले रेश्मा केसी संयोजक रहनुभएको १३ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।

    विभागको सदस्यहरूमा अन्नु सुवेदी, सावित्रा अर्याल, रूपा, तिलरानी, पूजा सुनार, मीना केसी, टीकादेवी राना, सुशीला खड्का, सुस्तिका अर्याल, शोभा रसाइली, हरिकला सापकोटा र शुष्मा पन्त रहनुभएको छ ।

    सम्मेलनलाई मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, पूर्व केन्द्रीय सदस्य थमन थापा, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र माया आचार्य, केन्द्रीय सांस्कृतिक विभागका सदस्य बिनु नेपाली, समता विभागका लीला विक, चन्डिगढ नगरबाट मानबहादुर केसी, पटियाला नगरबाट विष्णु भुसाल, कुरुक्षेत्र नगरबाट हीरा गुरुङ, पञ्चकुला डेराबसी नगरबाट काजीमान राईलगायतले शुभकामना दिनुभएको थियो ।

    प्रमुख अतिथि पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको सो सम्मेलनमा नगर समितिले प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्पूर्ण कलाकारलाई स्मृतिचिह्न दिएर सम्मान गरेको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    केन्द्रीय सदस्य खिमराज चालिसेको सञ्चालनमा तथा देवीराम शर्माको अध्यक्षतामा अघि बडेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई लक्ष्मण अर्याल र सांस्कृतिक टिमले स्वागत गर्नुभएको थियो ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.