खिमराज चालीसे, चंडिगढ ।
भारतको चंडिगढमा एक नेपाली युवक मृत फेला परेका छन् ।
चंडिगढस्थित किसनगढ गाउँमा हिजो (२५ जुलाइ २०२४का दिन) अमर श्रेष्ठको निधन भएको हो ।
चंडिगढमा केही वर्षदेखि बसोबास गर्दै आइरहेका र विभिन्न कैटरिङहरूमा काम गर्दै आइरहेका अमर श्रेष्ठको थप विवरण खुल्न सकेको छैन ।
उनी बिहीबार राति कोठा बाहिर कान र नाकमा चोट लागेको अवस्थामा भेटिएका र अस्पताल पुर्याउने क्रममा निधन भएको चंडिगढ प्रहरी समिर सिंहले जानकारी दिएका छन् ।
भारतमा अमर श्रेष्ठ नामले परिचित भएपनि उनको वास्तविक नाम ठेगाना थाह हुन नसेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले जनाएको छ ।
उनको ठेगाना तथा आफन्तको बारेमा विवरण थाहा लागेमा नजिकको मूल प्रवाहको कार्यालय अथवा चंडिगढ प्रहरी समिर सिंहलाई +९१७८८९०५५६२० अथवा संचारकर्मी खिमराज चालिसेलाई +९१८९६८५०३०५० मा खबर गरिदिन अनुरोध गरिएको छ।