खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
प्युठान घर भई भारतको चन्डिगढबाट बस्दै आएकी ३० वर्षीया कमला गिरी र उनको एघार वर्षीय छोरा हराएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उनीहरूको खोजीमा जुटेको छ ।
गत जुलाई जुलाई १३, २०२४ देखि सम्पर्कविहीन भएपछि कमलाकी पतिको आग्रहमा मूल प्रवाहले खोजतलास सुरु गरेको हो ।
प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ निवासी कृष्णा गिरीकी पत्नी कमला गिरी र छोरा सागर गिरी एक्कासि चन्डिगढ सेक्टर ३४ बाट सम्पर्कविहीन भएपछि आफूले खोज्दा नभेटिएपछि उनले मूल प्रवाहसँग निवेदन दिएका थिए ।
उनीहरू आमाछोरा कहीँ कतै भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा कृष्ण गिरी ००९१–९९१५३७७३८२ मा खबर गरिदिन अनुरोध गरिएको छ ।