• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कुवेतबाट आममाफी पाएर तीन हजार नेपाली घर फर्किए


  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । कुवेत सरकारले अवैध रुपमा काम गरिरहेका आप्रवासीलाई निश्चित अवधि तोकेर आममाफी दिने नीति लिएपछि तीन हजार भन्दा धेरै नेपाली लाभान्वित भएका छन् ।

    Advertisement

    कुवेत सरकारले मार्चदेखि जुन महिनाको अवधिमा आपराधिक गतिविधिमा संलग्न भएकाबाहेकका अध्यागमन कानुन उल्लङ्घन गरेकालाई आममाफीको विशेष व्यवस्था लागू गर्दै जरिबाना मिनाहा गर्दै घर फर्किने अवसर दिएको थियो।

    यसअघि सन् २०१६ मा कानुनी हैसियत गुमाएकाहरूलाई जरिवाना वा नवीकरण प्रक्रिया थालेर वैधानिक हुने अवसर प्रदान गरेको थियो ।

    सो क्रममा करिब तीन हजार जनाले आममाफी पाएर नेपाल फर्किने अनुमति लिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका प्रथम सचिव प्रेमराज गौतमलाई उदृत गर्दै बीबीसी नेपालीले भनेको छ, ‘त्यस क्रममा झन्डै तीन हजार नेपालीहरू आममाफी पाएका आधारमा नेपाली राजदूतावासबाट एकतर्फी यात्रा अनुमति पत्र लिएका थिए ।’

    सन् २०२३ को अन्त्यमा सार्वजनिक विवरणअनुसार १ लाख ७ हजार भन्दा धेरै नेपालीहरू कार्यरत छन्। त्यसमध्ये घरेलु श्रमिकको सङ्ख्या ३० हजारजति रहेको दूतावासका प्रथम सचिव गौतमले बताए ।

    गौतमका अनुसार घरेलु कामदारमध्ये ९५.३ प्रतिशत महिला कामदारहरू छन् ।

    कुवेतमा घरेलु श्रमिकका रूपमा नेपाली महिलाहरू प्रतिबन्धित भए तापनि हजारौँका सङ्ख्यामा गैरकानुनी बाटो हुँदै उनीहरू त्यहाँ पुगेका पाइन्छन्।

    कुवेतमा घरेलु श्रमिकका रूपमा अधिकांशजसो महिला छन् ।

    घरेलु कामदारका रूपमा समेत घरको पर्खालभित्र मात्र काम गर्ने वा घरले तोकेको काम गर्ने गरी माली, भान्छे, बालबालिका र वृद्धहरूको स्याहार गर्नेहरू देखि ड्राइभरसम्म हुन्छन्।

    संसद्को श्रम तथा उपभोक्ता हित समितिले विसं २०७३ चैत २० मा दिएको एक निर्देशनपछि सरकारले नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन बन्द गरेको थियो।

    त्यसबेला संसदीय समितिले सुरक्षाको प्रत्याभूति नभई घरेलु कामदार नपठाउन निर्देशन दिएको थियो।

    त्यसरी नेपाली महिलालाई श्रममा जान प्रतिबन्ध लगाइए तापनि उनीहरू समेत हजारौँको सङ्ख्यामा गैरकानुनी बाटो भएर पुगेको बताइएको छ।

    लामो समयदेखि कुवेत बसिरहेका नेपालीहरू उक्त देशलाई ‘ट्रान्जिट’ बनाएर ओमान, साउदी अरब र इराकसमेत जाने गरेको पनि बताइन्छ ।

    अब अब भिसा परिवर्तन गर्न पाइने
    कुवेत सरकारले त्यहाँ रहेका आप्रवासी घरेलु श्रमिकलगायतले भिसा परिवर्तन गरेर निजी क्षेत्रमा पनि काम गर्न पाउने निर्णय गरेको छ । यसबाट नेपाली कामदारसमेत लाभान्वित हुने अनुमान गरिएको छ ।

    कुवेत सरकारको सो नयाँ नियम १४ जुलाईबाट कार्यान्वयनमा आउँदै छ।

    कुवेत सरकारले तय गरेका नियमहरूमा नेपालबाट जाँदाका हकमा दर्ता भएका रोजगारदाताकहाँ कम्तीमा एक वर्ष काम गरेकाहरू मात्र यस सुविधाका लागि योग्य हुनेछन्।

    सो खाडी मुलुकमा त्यहाँको श्रम कानुनअनुसारको कार्यस्थल सार्ने प्रक्रियालाई गतिशील गराउने उद्देश्यका साथ उक्त नियम ल्याइएको त्यहाँको सरकारले जनाएको छ।

    कुवेतमा आप्रवासी श्रमिकका रूपमा काम गर्नेहरूमा समेत कामको प्रकृतिअनुसार विभिन्न खाले भिसाको वर्गीकरण गरिएको हुन्छ।

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.