• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाल र कुवेतमाझ व्यापारिक सम्बन्ध विस्तार गर्न पहल


  •   शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।

    Advertisement

    कुवेत र नेपालमाझ सिधा व्यापारिक सम्बन्ध विस्तार गर्नको लागि पहल भइरहेको छ ।

    यस क्रममा कुवेतस्थित नेपाली राजदूतावासको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीको अवसर” सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कुवेतस्थित फरवानियाँको क्राउन प्लाजा होटलमा जुलाई ३, २०२४ का दिन कुवेतका प्रमुख व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीबिच सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबिचको व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयास जारी रहेको बताए । नेपालमा लगानीका आकर्षक क्षेत्रहरू ऊर्जा, व्यापार, पर्यटन, कृषि लगायतमा लगानी गर्न आग्रह गर्दै काठमाडौँमा गत अप्रिलमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनको उपलब्धिलाई प्रकाश पार्दै लगानीकर्तालाई अर्को लगानी गन्तव्यका रूपमा नेपाल छनोट गर्न राजदूतले आग्रह गरे ।

    नेपालका अलैँची, चिया, कफी, अदुवा, पस्मिना सल, हेड स्कार्फ, सुती कपडा, गलैँचा, हस्तकला जस्ता प्रमुख नेपाली उत्पादनहरू कुवेत निकासीमा जोड दिने उनल बताए ।

    ‘नेपालबाट उत्पादन भएका चिज भारत र पाकिस्तान हुँदै तेस्रो मुलुकमा निर्यात भएको छ’ उनले भने– ‘तर ती उत्पादनमा हाम्रो देशमा बनेको वा उत्पादन गरिएको भन्ने कुरा उल्लेख गरिएको हुँदैन । जुन देशले निर्यात गर्छ, त्यही देशमा सामान उत्पादन भएको भनेर उल्लेख गरिन्छ ।’

    उनले सिधा व्यापारका लागि कुवेतमा रहेका नेपाली समाजको पनि साथ र सहयोगको आवश्यकता रहेको बताए ।

    त्यस्तै, काउन्सिलर सुजनी राणाले कुवेतको हालको लगानीलाई उजागर गर्दै नेपालमा हाइड्रोपावर, यातायात पूर्वाधार, सूचना तथा सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन, स्वास्थ्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकी थिइन ।

    कार्यक्रमको सञ्चालन दूतावासका प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए ।

    कार्यक्रममा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टका प्रतिनिधि, कुवेतका प्रमुख व्यापारिक कम्पनीका प्रतिनिधि तथा सम्भावित लगानीकर्ता, स्थानीय पत्रकार, व्यापार तथा व्यवसायी समुदायका सदस्य, एनआरएन, पत्रकार महासङ्घलगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो ।

    शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.