• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

किन भयो राजपा-समाजवादी बीच रातारात एकता ?


  •   बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी बुधबार मध्यराति एकीकृत भएका छन् । नवगठित पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ ।

    Advertisement

    मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु बिहीबार निर्वाचन आयोग पुगेर दल दर्तासमेत गरेका छन् । थप आवश्यक कागजात पछि बुझाउने गरी पार्टी दर्ता गरिएको हो। आयोगमा सो पार्टीको दर्ता नम्बर १३८८ भएको छ।

    यस्तो छ, एकताको सहमति
    समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ । ‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भनिएको छ । एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

    सो सहमति पत्रमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन् । राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सो सहमति पत्रमा छैन । हस्ताक्षरपछि गरिएको सामुहिक फोटोमा पनि ती दुई नेता देखिएका छैनन् ।

    किन भयो रातारात एकीकरण ?
    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै ल्याएको दल विभाजन सहज हुने अध्यादेश अन्तर्गत समाजवादीका केही नेताले पार्टी फुटाएर अलग पार्टी गठन गर्ने र नेकपामा प्रवेश गर्ने सुइँको पाएपछि यी दुई दल रातारात एकीकृत हुन पुगेका हुन् ।

    राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरे ।

    सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो । यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो ।
    नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो ।

    समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो । उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो । अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीको ४० प्रतिशत पुर्याए मात्र दलको मान्यता पाउनेछ । तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।

    स्रोतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुको पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने योजना अनुसार अध्यादेश ल्याएका हुन् । त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएको हो।

    पहिलेदेखि एकीकरणका लागि वार्ता गरिरहेका यी दुर्इ पक्षबीच अन्ततः सरकारले ल्याएको अध्यादेशकै कारण एकता हुन पुगेको छ भने रेणु यादव पक्षको ४० प्रतिशत पुर्याएर नयाँ दल गठन गरी प्रधानमन्त्री ओलीसँग एलायन्स गर्ने योजना पुरा हुन्छ हुँदैन अनिश्चित छ।

    प्रधानमन्त्रीकै कारण पार्टी एक हुन सफलः भण्डारी
    नवगठित जनता समाजवादी दलका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण दुई पार्टी यति छिटो मिल्न सम्भव भएको भन्दै ओलीलाई धन्यवाद दिएका छन् । उनले प्रधानमन्त्रीको षडयन्त्र असफल पार्न आफूहरु सफल भएको दाबी पनि गरे ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच लामो समयदेखि एकताका लागि वार्ता भए पनि एकता हुन नसकिरहेका बेला प्रधानमन्त्रीले लकडाउनकै बीच दल विभाजन गर्न सजिलो पार्ने गरी अध्यादेश ल्याएका कारण आफूहरुले पार्टी एकीकरण गरेको उनले बताए ।

    निर्वाचन आयोगमा दल दर्ता गरेपछि भण्डारीले सञ्चारकर्मीलाई भने, ‘म वास्तवमा प्रधानमन्त्रीलाई कुनै दोष दिन्न, म त बरु उहाँलाई धन्यवाद नै भन्न चाहन्छु उहाँले यो बेलामा चालेको कदमका कारण हामीले पार्टी एकता गर्‍यौं ।’

    समाजवादी फुटाउने योजना अब के हुन्छ ?
    समाजवादी पार्टीका रेणु यादव इस्तियाक राईलगायत ८ सांसद पार्टी विभाजन गर्ने तयारीमा थिए । पार्टी विभाजनकै प्रयोजनका लागि जिल्लामा रहेका सांसदहरू काठमाडौं आउन थालेपछि समाजवादीका शीर्ष नेताहरू झस्किएका थिए ।

    काठमाडौंबाहिर रहेका असन्तुष्ट सांसद सुरेन्द्र यादव, प्रदीप यादव, रेणु यादवलगायत राजधानी भित्रिएपछि समाजवादीका नेताहरूले सम्भावित दुर्घटना टार्न राजपाका नेताहरूसँग तत्काल एकीकरण गर्ने प्रस्ताव बुधबार अघि बढाएका थिए । समाजवादीका एक जना निलम्बितबाहेक १६ जना सांसद छन् । पार्टी फुटाउनका लागि ४० प्रतिशत पुर्‍याउन ६ जना सांसद भए पुग्छ ।

    दुवै दलभित्र खेल्ने प्रधानमन्त्री ओलीको योजना सफल भए आफूहरूको अस्तित्वमा प्रश्न उठ्ने भन्दै दुई दल एकताका लागि सहमत भएका हुन् ।

    अध्यादेश जारी भएसँगै समाजवादीमा असन्तुष्टहरूको गठजोड सुरु भएको थियो । उनीहरूले सरकारमा जानका लागि पार्टी विभाजनसम्मको गृहकार्य अघि बढाएका थिए । यसबीचमा सत्तारूढ दलका नेताहरूसँग उनीहरूको निरन्तर संवादसमेत भएको थियो । स्रोतका अनुसार उपसभामुखसहित दुई मन्त्री दिए पार्टी विभाजन नै गरेर भए पनि सरकारमा सहभागी हुने आश्वासन समाजवादीका असन्तुष्ट नेताहरूले सत्तारूढ दलका नेताहरूलाई गराएका थिए ।

    विभाजनका लागि ४० प्रतिशत सांसद संख्यासमेत पुगेको दाबी उनीहरूको थियो । त्यसैले प्रधानमन्त्री ओलीले सोमबार अप्रत्याशित रूपमा राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधान संशोधन गर्दै संसदीय दल वा केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत पुर्‍याए पार्टी विभाजन गर्न सहज बाटो अध्यादेशमार्फत खोलिदिएका थिए । तत्कालका लागि समाजवादीकै नेताहरूको सहजताका लागि यो प्रावधान ल्याएको भन्दै ओलीले पार्टीभित्र नेताहरूलाई स्पष्टीकरण दिँदै आएका छन् ।

    समाजवादीमा सांसदहरू मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, रेनुका गुरुङ, सुरेन्द्र यादव, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा, उमाशंकर अरगरिया नेतृत्वसँग धेरै अघिदेखि असन्तुष्ट थिए। असन्तुष्टहरूलाई एकीकृत गर्ने काममा रेणु यादव र राई थिए । असन्तुष्टि विभाजनको तहसम्म पुग्न सक्ने सुइँको पाएपछि शीर्ष नेताहरूले फकाउने प्रयास पनि गरेका थिए ।
    तर, दुवै पार्टीबीच एकता भएपछि असन्तुष्ट नेताहरु अब के गर्छन् हेर्न बाँकी छ ।

    दुई दलबीच बुधबार राति एकताको सहमति भएपछि पार्टी फुटाउने तयारीमा रहेका भनिएका सांसद मोहम्मद इस्तियाक राईले ‘पार्टी एकता हुनु राम्रो भएको’ प्रतिक्रिया दिएका छन् । ‘दुई पार्टी मिलिरहेको थिएन, अहिले मिल्ने घोषणा भयो, यो राम्रो भयो, प्रधानमन्त्रीले नै दुई दल मिलाइदिने काम गर्नुभयो, उहाँलाई धन्यवाद दिनुपर्छ,’ राईले सञ्चारकर्मीसँग भने, ‘फुट्ने भन्ने कुरा हल्ला मात्र हो, यसमा सत्यता छैन ।’

    बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.