खिमराज चालिसे ।
Advertisement
भारतको सङ्गरुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका एरिया सचिव गोपाल पाण्डेको निधन भएको छ ।
सङ्गरुर नगर समितिद्वारा संचालित सुनाम एरिया समितिका सचिव पाण्डेको हृदयघातको कारण जुन ७, २०२४ का दिनन निधन भएको हो ।
सन् २०१४ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर सक्रिय रहँदै आइरहेका पाण्डेको निधनप्रति मूल प्रवाहको सङ्गरुर नगर समितिले
गहिरो शोक व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
स्मृतिशेष पान्डे चितवन जिल्लाको सिमलटारी गाउँपालिका वीरेन्द्रनगर–८ निवासी हुनुहुन्थ्यो ।
हाल भारतको पञ्जाब राज्यको सङ्गरुरमा कार्यरत पाण्डेको परिवारमा पत्नी निरू पाण्डे मूल प्रवाहको महिला सदस्य हुनुहुन्छ । उहाँको परिवारमा एक छोरा र एक छोरी पनि रहेका छन् ।