दाङ । विभिन्न २२ बुँदे मागपत्र समेटेर स्थानीय तहको ध्यानाकर्षण गराइरहेको राष्ट्रिय जनमोर्चा दाङले तुलसीपुर उपमहानगरपालिकालाई पनि ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
बुधबार (२३ जेठमा) जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको राजमो प्रतिनिधिमण्डलले उपमहानगरपालिकाका उप प्रमुख स्वानी चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा घोराही–तुलसीपुर सडक स्तरोन्नती गर्नुपर्नेलगायत विभिन्न माग समेटिएका छन् ।
यसअघि मंगलबार राजमोले तीनवटा स्थानीय तहमा ज्ञापन पत्र बुझाएको थियो ।





