• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा (मशाल) दाङको सिंगो टिम मसालमा समाहित


  •   शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
  • दाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ ।

    Advertisement

    मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ ।

    केन्द्रीय सदस्य तथा जिल्ला सचिव जिएम, जिल्ला कोषाध्यक्ष मेघराज भट्टराई, जिल्ला सदस्यहरू मीनुप्रसाद सुवेदी, मंगलबहादुर घर्ती मगर, शेरबहादुर पुन, खिल भारत नेपाली एकता समाजको केन्द्रीय सल्लाहकार फनबहादुर घर्ती, अखिल (छैठौं) जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य सेबक भट्टराई, जिल्ला सहसचिव उत्सव पुन, जिल्ला सदस्य रोशनी जिएम, सदस्य रेग बहादुर घर्ति मगर, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य वसन्ता भट्टराई, के्न्द्रीय सदस्य यमसरी घर्ति मगर, जिल्ला उपाध्यक्ष सावित्री घर्ती, कोषाध्यक्ष खिमा दमाई, अखिल नेपाल युवक संघ जिल्ला सचिव सन्देश पुन मगर र कोषाध्यक्ष वशन्त भुसाल नेकपा (मसाल) मै फर्केको घोषणा गर्नुभएको हो ।

    उहाँहरूद्वारा जारी विज्ञप्तिमा ‘नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बोकेको विचार अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा मूल्याङ्कन गर्दा धेरै प्रगतिशील र क्रान्तिकारी रहेको उल्लेख गर्दै ‘आफ्ना वैचारिक मतभिन्नताहरूलाई कायम राख्दै हामीले लामो समय मेहनत र परिश्रम गरी निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)मा फर्किने निर्णयमा पुगेका’ बताउनुभएको छ ।

    उहाँहरूले देश तथा विदेशमा रहनुभएका इमान्दार तथा क्रान्तिकारी साथीहरूलाई पनि नेकपा (मसाल) मा फर्किएर गोलबद्ध हुन आह्वानसमेत गर्नुभएको छ ।

    यस्तो छ विज्ञप्ति
    हामी तपसिलमा उल्लेखित व्यक्तिहरू बिगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विभिन्न जनसंगठनहरूमा क्रियाशील रहँदै आएका थियौं । उक्त पार्टीको आठौं महाधिवेशनको शिलशिलामा केन्द्रबाट नै बहुमत र अल्पमतको समानान्तर दस्तावेज आइसकेपछि हामी अल्पमतको दस्तावेजले क्रान्तिकारी स्प्रिट सहितको पार्टी बनाउने विचार बोकेको लागेर उक्त अल्पमतको दस्तावेजलाई समर्थन गरेका थियौं । तर अल्पमत दस्तावेजको प्रस्तावक र नेतृत्वकर्ताहरू पार्टीलाई क्रान्तिकारी स्प्रिट दिनेभन्दा पार्टीको नेतृत्वलाई कमजोर बनाउने र इमान्दार कार्यकर्ताहरूलाई भ्रमित पारेर विचार नमिल्ने ठाऊँमा पुऱ्याउने षड्यन्त्र गरेको संकेत मिलेदेखि हामीले बारम्बार त्यसको विरोध गरेर वैचारिक एकतामा जोड दिँदै आएका थियौं ।

    माथि उल्लेखित अल्पमतमा विचार राख्नेहरुकाबीचमा २०७९ असोज २७–३० सम्म चलेको विशेष महाधिवेशनद्वारा बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले उक्त महाधिवेशनद्वारा पारित भएको दस्तावेज विधान बमोजिम विचारलाई बोकेर त्यही स्प्रिटको पार्टी बनाउनुको साटो गत २०८१ वैशाख ७ र ८ गते भएको राष्ट्रिय भेलाले वैचारिक रुपमा मुद्दाहरू नमिलाई पार्टी एकीकरणको नाममा पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग बिलय गराऊने प्रस्ताव राखेपछि हामीले उक्त प्रस्तावलाई अस्वीकार गर्यौं ।

    विचारधारात्मक हिसाबले हामिले नेकपा (मसाल) को आठौं महाधिवेशनमा हामीले उठाएका विचार र पुनर्गठित नेकपा (मशाल) ले गरेको विश्लेषणका आधारमा मूल्याङ्कन गर्दा तात्कालीन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उठाएको उग्रवामपन्थी विचार, जातीय साम्प्रदायिक मुद्दाभन्दा नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले बोकेको विचार अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा मूल्याङ्कन गर्दा धेरै प्रगतिशील र क्रान्तिकारी रहेकोले हाम्रा आफ्ना वैचारिक मतभिन्नताहरूलाई कायम राख्दै हामीले लामो समय मेहनत र परिश्रम गरी निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी ( मसाल) मा फर्किने निर्णयमा पुगेका छौं । देश तथा विदेशमा रहनु भएका इमान्दार तथा क्रान्तिकारी साथीहरूलाई पनि नेकपा (मसाल) मा फर्किएर संगठित बनी गोलबन्द हुन हार्दिक आह्वान गर्दछौं ।

    शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.