• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्वदेश फर्कने आशा मारेका घर्ती कुवेत एकता समाजको पहलमा नेपाल फर्किए


  •   शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।

    Advertisement

    कुवेतमा बिरामी परी अस्पतालमा भर्ना भएर अलपत्र अवस्थामा भेटिएका प्युठानको स्वर्गद्वारीस्थित सारीका नेमबहादुर घर्तीको सफल उद्धारपछि नेपाल फर्किएका छन् ।

    सन २०१६ मा कुवेत पुगेका घर्ती विभिन्न बाध्यताले गर्दा आफू कार्यरत कम्पनीबाट एक वर्षभित्रै सन् २०१७ देखि भागेर अवैधानिक रूपमा काम गर्दै आएका थिए । समय बित्दै जाँदा आठ वर्षपछि उनले नेपाल फर्कने निधोसहित कुवेतस्थित राजदूतावासबाट अनुमति लिएर सेल्टरमा पुगेका थिए तर त्यहाँ गएको एक दुई दिनभित्रै उनी बिरामी परे । त्यस क्रममा बेहोस भएपछि यही अप्रिल १४, २०२४ का दिन एम्बुलेन्समार्फत अस्पताल भर्ना भएका थिए ।

    अस्पतालमा जाँच गर्दा सुरुमा कोरोना पोजेटिभ देखिएता पनि क्रमशः जाँच गर्दै जाँदा उनको एउटा मिर्गौलाले काम गर्न छोडेको पत्ता लागेको थियो । त्यसपछि डाक्टरहरूले मिर्गौलासम्बन्धी उपचार सुरु गरेपछि उनको अवस्था सामान्य हुँदै गएको थियो । मिर्गौला प्रत्यारोपण वा कुनै अप्रेसन गर्न कुवेतमा सहज नभएको कारण उनलाई डाक्टरले डिस्चार्ज गरेर नेपाल जान सल्लाह दिएका थिए ।

    सबै कुरा तयारी भएपछि अस्पतालको लेखा कार्यालयबाट लगभग नौ लाख नेपाली रुपैयाँको बिल आउँदा उनी छाँगाबाट खसे जस्तै भए । त्यो पीडा घरपरिवारलाई सुनाएपछि पीडितका परिवारले स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज राना र राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीसित बिरामीको उद्वार गरिदिन अनुरोध गरे । त्यसपछि राजमोका प्रवास इन्चार्ज आनन्द शर्माले कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीलाई विवरणसहित जानकारी गराएसँगै एकता समाजको टोली अस्पताल पुग्दा उनी अलपत्र अवस्था भेटिएका थिए ।

    सबै कुरा बुझ्दा बिरामी निकै अप्ठ्यारो अवस्थामा रहेको पाइएपछि रायमाझीले पीडितको तर्फबाट निवेदन तयार गरी नेपाली राजदूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतममार्फत राजदूतावासमा बुझाएसँगै उनको उद्धार प्रकिया अगाडि बढेको थियो ।

    कुवेतका लागि राजदूत घनश्याम लम्सालको निर्देशन,प्रथम सचिव गौतमको सहजिकरणमा राजदुतावासका प्रतिनिधि सिराज अहमदको निरन्तर प्रयासबाट बिरामीको उद्धारकार्य सफल भएको हो ।

    राजदूतावासको पहलमा उनको सम्पूर्ण उपचार खर्च नेपाली रुपैयाँ १४ लाख ६१ हजार छ सय माफी गराई उनी मे ३०, २०२४ का दिन नेपाल उडेका थिए । नेपाल फर्किन सक्छु भन्ने आशा मारेका घर्ती कुवेतको विमानस्थलमा निकै नै भावुक बन्दै कुवेत एकता समाज र राजदूतावासले गरेको सहयोग जीवनभरि नभुल्ने बताए ।

    कुवेत एकता समाजका महासचिव रायामाझीका अनुसार अहिले उनि काठमाडौँको वीर अस्पतालमा उपचाराधीन छन् । परिवारले उनको पुनर्जीवनका लागि आर्थिक सहायताको अपिल गरिरहेको जानकारी दिनुभयो । साथै निजको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उनको उपचारका लागि सबैले सक्दो सहयोग गर्न पनि सबैमा अनुरोध गर्नुभयो । यस उद्धारकार्यमा प्युठान स्वर्गद्वारीका स्थानीय नेता गङ्गाराम बिसीले सम्पर्क गर्न/गराउन भूमिका खेल्नुभएको थियो भने टिकटका लागि प्युठानकै मुक्तिराम केसीले ऋणस्वरूप उपलब्ध गराउनुभएको छ ।
    कुवेत एकता समाजले अक्टोबर २०२३ देखि यता विभिन्न समस्यामा परेका नेपाली घरेलु महिला कामदारहरू दाङ, कपिलवस्तु, रुपन्देही, झापा, स्याङजा र नवलपुर, रोल्पा गरी सात जनालाई उद्धार गरेर राजदूतावासमार्फत नेपाल पठाएको थियो ।

    शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.