• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सदस्यता शुद्धीकरणमा भेदभाव गरिएकोमा प्रगतिशीलको कडा विरोध


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणको सवालमा भेदभाव अपनाएकोमा विरोध गर्दै प्रगतिशील पत्रकार सङ्घले सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ ।

    Advertisement

    प्रगतिशील अध्यक्ष श्याम पोखरेलको हस्ताक्षरमा २०८० जेठ १४ गते सोमबार जारी प्रेसवक्तव्यमा यस्तो धारणा व्यक्त गरिएको हो ।

    आस्थाको आधारमा प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारको महासङ्घको सदस्यता खारेज गरिएको, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता नदिइएको तथा सदस्यता स्थानान्तरणको सवालमा बेवास्ता गरिएको प्रगतिशीलले दाबी गरेको छ ।

    शुद्धीकरण नामावलीका यी कमजोरी तत्कालै नसच्याए सङ्घर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेपाल पत्रकार महासङ्घले हालै जारी गरेको सदस्यता शुद्धीकरणपछिको नामावलीप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    शुद्धीकरणपछि जारी गरिएको नामावलीमा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारहरूको सदस्यता आस्थाकै आधारमा खारेज गरिएको छ । यस क्रममा उही प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको छ भने हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता भने खारेज गरिएको छ । त्यस्तै, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सवालमा पनि भेदभावपूर्ण रवैया अपनाइएको छ । उस्तै प्रकृतिका अन्य पत्रकारलाई सदस्यता प्रदान गरिएको छ भने हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गरिएको छैन । त्यसैगरी, महासङ्घको सदस्यता स्थानान्तरणको सवाललाई पनि नामावलीमा सम्बोधन गरिएको छैन । स्थानान्तरणको सट्टा सदस्यता नै खारेज गर्ने तरिका अपनाइएको छ । सदस्यता नामावली जारी गर्दा अनाइएको यस्तो गलत तरिका बागलुङ, कपिलवस्तु, अर्घाखाँची, बाँके, दाङ, प्युठानलगायतका जिल्लामा देखा परेका छन् ।

    हामी महासङ्घको सदस्यता शुद्धीकरणको सवालमा अपनाइएको यस खालको भेदभावपूर्ण रवैयाको कडा शब्दमा विरोध गर्दछौँ । आस्थाकै आकारमा हटाइएका हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न र स्थानान्तरण गरिएका सदस्यको सदस्यता प्रस्तावित जिल्लामा तत्कालै कायम गर्न माग गर्दछौँ । यदि पत्रकार महासङ्घले यी मागलाई बेवास्ता गरेमा त्यसका विरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने जानकारी गराउँछौँ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पत्रकार महासङ्घ आफै हुने पनि स्पष्ट गर्न चाहान्छौँ ।

    पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणपछिको नामावली कति पूर्वाग्रहयुक्त र अवास्तविक छ भन्ने तथ्य यसबाट पनि थाहा हुन्छ, महासङ्घकै कैयौँ जिल्ला शाखा र विभिन्न पत्रकार सङ्गठनले त्यसप्रति असहमति जनाउँदै महासङ्घको निर्वाचन प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । हाम्रो सङ्गठन सदस्यता शुद्धीकरणको नाममा अपनाइएको यस्तो भेदभावपूर्ण रवैयाका विरुद्ध आवाज उठाउने पत्रकार महासङ्घका जिल्ला शाखा र अन्य पत्रकार सङ्गठनको आवाजप्रति ऐक्यबद्धता व्यक्त गर्दछ ।”

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.