ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटनमा अखिल नेपाल महिला सङ्घको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिला सङ्घ बागलुङकी अध्यक्ष लक्ष्मी बासकोटाको प्रमुख आतिथ्यमा २०८१ जेठ ११ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, महिला सङ्घ बागलुङकी सचिव रुनमाया पाइजा र रक्तिम सांस्कृतिक अभियान बागलुङका सचिव कुलबहादुर छन्त्यालको पनि उपस्थिति रहेको थियो ।
धनकुमारी खत्रीको अध्यक्षता तथा ददिकला पाण्डेको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई खिमा छन्त्यालले स्वागत गर्नुभएको थियो ।
ढोरपाटन नगरपालिकाका वडा नं। १ देखि वडा नम्बर १० का ३८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति र महिला सङ्घको नीति, कार्यक्रम तथा आन्दोलनबारे चर्चा गरिएको थियो ।
कार्यक्रमकै माझ सम्पन्न बैठकले वडाभेला वा बैठक सम्पन्न गर्दै महिला सङ्घको सदस्यता वितरण गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
