• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

जेठदेखि बागलुङमा राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले २०८१ सालको जेठ महिनादेखि विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
    २०८१ वैशाख २२ गते शनिबार सम्पन्न राजमो बागलुङ जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    अध्यक्ष तिलक थापाद्वारा जारी प्रेसविज्ञप्तिमा उक्त अभियानमा ४० हजार राजमोको सदस्यता वितरण गरिने तथा नयाँ स्थानमा सङ्गठन निर्माण गरिने उल्लेख छ ।

    त्यस्तै, विज्ञप्तिमा सङ्घीयता खारेजीका लागि देशव्यापी अभियान सञ्चालन गरिने, विकास निर्माणमा ढिलासुस्तीका विरुद्ध आवाज उठाउने, सुशासनमा जोड दिने तथा खडेरी तथा आगलागी जस्ता बिपत्का विरुद्ध राजमो सक्रिय रहने जानकारीसमेत गराइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको सातौँ पूर्ण बैठक बागलुङ बजारमा मिति २०८१ वैशाख २१ र २२ गते अध्यक्ष तिलक थापाको अध्यक्षतामा सम्पन्न भयो, जसमा भएगरेका निर्णय सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

    १. २०८१ जेठ महिनादेखि विशेष सङ्गठनात्मक अभियानअन्तर्गत सघन सदस्यता वितरण कार्यक्रम सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको छ, जुन अभियानमा बागलुङ जिल्लाव्यापी ४० हजार सदस्यता वितरण गरिने छ भने नयाँ स्थानमा सङ्गठन विस्तारमा जोड दिइने छ ।

    २. राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्दै आइरहेको छ । त्यो सङ्घर्ष अहिले पनि कायमै छ । पछिल्लो चरणमा देशमा आर्थिक सङ्घीयता असफल भइसकेको छ, जसले गर्दा सरकारका कैयौँ आर्थिक कार्य पूरा हुन सकेका छैनन् । नागरिकबाट लिने कर तथा सेवा शुल्कमा असीमित वृद्धि हुनुका साथै राजस्व सङ्कलन घट्दो छ । यो अवस्थामा सङ्घीय व्यवस्था नेपालमा टिक्न सक्दैन । त्यसैले सङ्घीयता खारेजीको सङ्घर्षमा तत्काल प्रदेश खारेज गरी स्थानीय तहको विकास बजेट वृद्धि गर्नका लागि दबाबस्वरूप जिल्लाव्यापी सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

    ३. सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालनमा रहेका विकास निर्माणमा ढिलासुस्ती भएको छ । एकातर्फ, निर्माण कम्पनीको लापरवाह देखिन्छ भने अर्कोतर्फ, निर्माण कम्पनीले समयमा सम्पन्न गरेका योजनाको रकमसमेत भुक्तानी गर्न सरकारले सकिरहेको छैन । यसरी कैयौ महत्त्वपूर्ण योजना सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नुपरेको छ । नागरिकको दैनिक जीवनसँग जोडिएका खानेपानी, स्वास्थ्य संस्थाका भवन र सडक जस्ता दर्जनौँ विकास निर्माणका योजना समयमा सम्पन्न नहुँदा नागरिकले कष्टकर जीवन बिताउनु परेको छ । यस अवस्थामा विकास निर्माणलाई तदारुकतासाथ सम्पन्न गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आर्षण गराउनुका साथै आवश्यकताअनुसार सङ्घर्षमा समेत जोड दिन्छ ।

    ४. देशमा नीतिगत भ्रष्टाचार झन् बढेर गएको छ । विकास बजेटभन्दा चालु खर्चतर्फको बजेट अत्यन्तै बढिरहेको छ । नागरिकमैत्री सेवा प्रवाह हुन सकेको छैन । यस अवस्थामा नागरिकमैत्री सुशासन कायम हुनुपर्नेमा जोड दिन्छ ।

    ५. लामो समयदेखि पानी पर्न सकेको छैन । यसले गर्दा किसानहरूको काम प्रभावित बनेको छ । खडेरीका कारणले चारैतिर वातावरण कष्टकर बन्दै गएको छ । साथै जिल्लाका विभिन्न भागमा आगलागीका घटनासमेत बढेर गएका छन् । यसको रोकथाम र उचित व्यवस्थापनमा जिम्मेवार निकायको ध्यानार्षण गराउन चाहन्छौँ । प्राकृतिक बिपत्मा परी ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै प्राकृतिक विपत्तिमा आवश्यक सहयोगमा जुट्न पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गर्दछौँ ।”

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.