• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उपनिर्वाचनको परिणाम : इलामेली जनतालाई मसालको बधाई !


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले इलामका जनताले उपनिर्वाचनमार्फत राजावादी, जातीवादी तथा अमेरिकापरस्त संगठनहरूलाई हराएर उच्च चेतना देखिाएको भन्दै मसालले बधाई दिएको छ ।

    Advertisement

    हालै सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए । मसालले एमाले, कांग्रेस वा माओवादी जो विजयी भएपनि लोकतन्त्र पक्षधरको जित हुने बताउँदै आएको थियो ।

    महामन्त्री मोहनविक्रम सिंहले बिहीबार जारी गर्नुभएको प्रेस वक्तव्यमा इलामको उपनिर्वाचन सामान्य घटना भएपनि यसले देशको राजनीतिमा गम्भीर महत्व राख्ने बताउनुभएको छ ।

    इलामको निर्वाचनले जनतामा भ्रम पैदा गरेर २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्ने उद्देश्य राखेको अमेरिकापरस्त संगठन (राष्ट्रिय स्वतन्त्र पार्टी) को उद्देश्य पूरा नहुने स्पष्ट भएको पनि मसालको ठहर छ ।

    यस्तो छ, वक्तव्य

    इलाम क्षेत्र नं. २ मा हालै सम्पन्न चुनाव एउटा सामान्य उपनिर्वाचन मात्र हो । तैपनि देशको राजनीतिमा त्यसले धेरै नै महत्त्व राख्दछ । त्यो चुनावको सबैभन्दा महत्त्वपूर्ण विशेषता यो हो कि त्यसमा, एकातिर, ‘स्वतन्त्र पार्टी’को जमानत जफत भयो भने, अर्कातिर राजावादी उम्मेदवार पनि नराम्ररी पराजित भए । त्यसका साथै जातीवादी उम्मेदवारको पनि पराजय भयो । चुनावको त्यो परिणामले त्यहाँका जनताको अमेरिकन साम्राज्यवादपरस्त, राजावादी र जातिवादीहरूका विरुद्ध पनि उच्च चेतना भएको कुरालाई बताउँछ । त्यहाँको चुनावमा भएको त्यस प्रकारको परिणामको लागि हामीले इलामका जनतालाई बधाई दिन्छौँ । तिनीहरूका विरुद्ध एमाले, माओवादी वा काङ्ग्रेसमध्ये जुनसुकै पक्षको जित भएको भएपनि त्यो सकारात्मक महत्त्वको कुरा हुन्थ्यो भन्ने सुरुदेखि नै हाम्रो मत रहेको थियो । का. चित्रबहादुर केसी र मैले कैयौँपल्ट आपसमा यस प्रकारको विचार प्रकट गरेका थियौँ ।

    एमालेसित राजनीतिक रूपले हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । तैपनि त्यहाँका अवाच्छित प्रकारका उम्मेदवारको तुलनामा एमालेका उम्मेदवारको विजय भएकोमा प्रसन्नता प्रकट गर्दछौँ र विजयी उम्मेदवारलाई बधाई पनि दिन्छौँ । एमाले मात्र होइन, माओवादी वा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएको भएपनि हामीले त्यहीप्रकारको प्रसन्नता प्रकट गर्ने थियौँ, यद्यपि त्यहाँ माओवादीको कुनै उम्मेदवार थिएन ।

    यो आम रूपमा थाहा भएको कुरा हो कि कथित स्वतन्त्र पार्टी नेपालको राजनीतिको नै अत्यन्त अवाच्छित राजनीतिक ग्रुप हो । त्यसको कुनै दर्शन, सिद्धान्त, नीति वा कार्यक्रम पनि छैन र त्यसको कुनै राजनीतिक पृष्ठभूमि पनि छैन । आमजनतामा अझै पनि त्यो अमेरिकी साम्राज्यवादपरस्त तत्व भएको कुरामा धेरै भ्रम छ, तैपनि त्यो निश्चित रूपले नेपालमा अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्य पूरा गर्न बनेको राजनीतिक ग्रुप हो । गतकालमा त्यसले चुनावमा जुन सफलता प्राप्त ग¥यो, त्यो समर्थन जनताको त्यसप्रतिको राजनीतिक चेतनाका आधारमा प्राप्त समर्थन नभएर देशमा सत्तारूढ राजनीतिक पार्टी वा सङ्गठनहरूका गलत प्रकारका नीति, क्रियाकलाप वा भ्रष्ट गतिविधिका कारणले जनतामा पैदा भएको नकारात्मक भावनाहरूको नै परिणाम हो ।

    जनताका त्यस प्रकारका भावनाहरूलाई उभारेर त्यसले ०८४ को आमचुनावमा पनि बहुमत प्राप्त गर्ने र आफ्नै सरकार बनाउने दाबी गरिरहेको छ । यदि त्यस्तो भयो भने त्यसको परिणामस्वरूप नेपालमा सिधै अमेरिकी साम्राज्यवादको प्रभूत्व कायम हुनेछ र अमेरिकाको एमसीसी वा एसपीपी अन्तर्गत नेपाल अमेरिकाको सैनिक अखडा बन्न पुग्ने छ । त्यो बाहेक थोरै दिनमा नै त्यो ग्रुप ठूलो पैमानामा सहकारी रकमको हिनामिना गरेको भ्रष्ट कार्यका लागि पनि बदनाम भएको छ ।

    यो नेपालको राजनीतिको विडम्बना हो कि त्यस प्रकारको भ्रष्ट कार्यका लागि बदनाम व्यक्ति पनि देशको गृहमन्त्री बन्न पुगेको छ । निश्चय नै त्यसका लागि उनी मात्र जिम्मेवार छैनन् त्यसका लागि ती सबै राजनीतिक पार्टी, सङ्गठन वा नेताहरू पनि जिम्मेवार छन्, जसले त्यस प्रकारको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री समेत बनाउन पुगे । त्यसका लागि इतिहासले उनीहरूसँग जबाफ माग्नेछ वा सायद दण्ड पनि दिनेछ । त्यो दण्ड कस्तो हुने छ ? त्यो कुरा इतिहासले नै फैसला गर्ने छ ।

    त्यस प्रकारको अमेरिकापरस्त र भ्रष्ट व्यक्तिले चितवनका जनतालाई भ्रममा पार्न सफल भएका थिए । चितवनको लामो सङ्घर्षको इतिहास छ र त्यहाँका जनतामा उच्चप्रकारको राजनीतिक चेतना रहने गरेको छ । त्यही चितवनका जनता कसरी त्यस प्रकारको भ्रममा परे यो कम आश्चर्यको कुरा होइन । चितवनका जनतालाई त्यसरी भ्रम पार्न सफल भएको त्यो ग्रुपले इलाममा पुगेर नराम्ररी–जमानत समेत जफत भएर धक्का खानु परेको छ । यदि त्यहाँ कथित स्वतन्त्र पार्टीको उम्मेदवारको विजय भएको भए त्यसले देशमा धेरै नै भ्रम पैदा गर्दथ्यो र त्यसका गम्भीर प्रकारका राजनीतिक दुष्परिणामहरू पनि हुन सक्दथे । तर चितवनमा आएको त्यस प्रकारको बाढीलाई इलामका जनताले रोकिदिएका छन् ।

    माथि कथित स्वतन्त्र पार्टी, राजावादी र जातिवादी समेतका उम्मेदवारहरूलाई पराजित गरेकोमा हामीले एमालेका उम्मेदवारलाई बधाई दिने बेलामा ओलीको नेतृत्वमा एमालेले प्रतिगमनका पक्षमा काम गरेको तथा त्यसको चरित्र अधिनायकवादी प्रकारको भएको कुराप्रति पनि हाम्रो ध्यान छ । त्यसको त्यस प्रकारको भूमिका र चरित्रप्रति हाम्रो सम्झौताहीन प्रकारको सङ्घर्षको अडानलाई कायम राख्दै कोशी प्रदेशमा जातिवादका विरुद्ध त्यसले लिएको अडानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । प्रदेश नं. १ को कोशी प्रदेशको नामाकरणका विरुद्ध जातिवादी अभियान चल्दै आएको छ । त्यहीप्रकारको जातिवादी लहर सुदूरपश्चिममा पनि उठिरहेको छ ।

    जातिवादले निश्चित रूपले राष्ट्रलाई साम्प्रदायिक तनाव र विघटनको दिशामा लैजान्छ । सुदूरपूर्व वा सुदूरपश्चिमको त्यो जातिवादी लहरलाई नरोकेमा त्यसले देशव्यापी रूप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले हाम्रो पार्टीले पहिलो संविधानसभाको बेलादेखि नै जातिवादको विरोध गर्दै आएको थियो र अहिले पनि हाम्रो त्यो अडान कायम छ । यसकालागि पनि हामीले प्रसन्नता प्रकट गर्दछौँ कि एमालेले पनि सुरुदेखि नै जातिवादका विरुद्ध आवाज उठाउँदै आएको छ र कोशी प्रदेशमा उठेको जातिवादको लहरका विरुद्ध पनि त्यो दृढतापूर्वक उभिएको छ । तर माओवादी र नेकाभित्रको प्रतिपक्ष समेतले जातिवादलाई समर्थन गरेका छन् । त्यो अवस्थामा इलाम २ नम्बर क्षेत्रको चुनावमा जातिवाद पक्षीय उम्मेदवारको हारलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।
    नेपालको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षताको व्यवस्था भएदेखि नै राजावादीहरूले त्यसका विरुद्ध अभियान चलाउँदै आएका छन् ।

    गत चुनावमा, यद्यपि एमालेको समर्थनमा, संसदमा पनि उनीहरूले ठूलो सफलता प्राप्त गरेका थिए । हालसालैका महिनाहरूमा पनि उनीहरूले राजतन्त्रको पुनस्र्थापना तथा देशलाई हिन्दु राष्ट्र बनाउनका लागि आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् । इलामको नजिकैको झापा उनीहरूको त्यस प्रकारको गतिविधिको एउटा प्रस्थानबिन्दु वा केन्द्र पनि बनेको थियो । पहिले राजावादीहरूलाई आफ्ना पक्षमा अभियान संचालन गर्न छद्म रूपले सक्रिय भएका पूर्वराजा अब ‘नागरिक अभिनन्दन’को नाममा देशव्यापी रूपमा नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध तथा ०४६ भन्दा पहिले देशमा कायम भएको व्यवस्था, अर्थात् पञ्चायती तानाशाही व्यवस्थाको पुनस्र्थापनाका लागि प्रत्यक्ष रूपले नै सक्रिय भएका छन् । तर राजावादीहरू वा पूर्वराजाको त्यस प्रकारको भूमिकाका बाबजुद इलाम क्षेत्र नं. २ को चुनावमा उनीहरूको उम्मेदवारको जमानत मात्र जफत भएन, निर्लज्ज प्रकारको हार पनि भयो । त्यसकालागि पनि हामीले इलामका जनतालाई बधाई दिन्छौँ ।

    अन्तमा माथि उल्लेखित विभिन्न कारणले इलामको क्षेत्र नं. २ को उपचुनावले नेपालको राजनीतिका लागि, खाली वर्तमानको लागि मात्र होइन, भविष्यका लागि पनि, ठूलो राजनीतिक महत्त्व राख्दछ । त्यहाको चुनावले नेपालभरका जनतालाई ठूलो र ऐतिहासिक सन्देश दिएको छ । त्यसका लागि इलामका जनतालाई पुनःबधाई ।

    मिति : २०८१ वैशाख २०
    मोहनविक्रम सिंह
    महामन्त्री

     

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.