• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

गणतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि प्रतिगामीको मनोबल बढ्यो : केसी


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि प्रतिगामीको मनोबल बढेको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) काठमाडौँ जिल्ला समितिको आयोजनामा २०८१ वैशाख १९ गते बुधबार राजधानीको शान्तिवाटिकामा तीन अभियान समापन, नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणासभा र एक सय पैतिसौँ मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि देशमा गणतन्त्रको विरुद्धमा जनमत बढिरहेको छ’ उहाँले भन्नुभयो– ‘यसरी देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको छ ।

    उहाँले थप्नुभयो– ‘देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको अवस्थामा देशकै भविष्य के हुने हो भन्ने प्रश्न उत्पन्न भएको छ ।’

    ‘देशमा सुनतस्करी हुन्छ, त्यसका आरोपी को हो ? देशमा नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइन्छ, त्यस्तो कसले गर्छ ? देशमा सहकारीका करोडौँ ठगी गर्नेलाई, कसले बचाउँछ ?’ उहाँले देशका कम्युनिस्ट भनाउँदामाथि नै प्रश्चचिह्न उठिरहेको बताउँदै भन्नुभयो– ‘यी सबै प्रकरणमा कम्युनिस्ट नै तानिएका छन् अर्थात् लोकतन्त्रका पक्षधर नै तानिएका छन् ।’

    त्यस्तै, उहाँले देशमा केही हुन्न भन्ने भाष्य बनाएर पनि गणतन्त्रको विरुद्धमा वातावरण कायम गर्न खोजिएको बताउनुभयो ।

    ‘२०४६ सालमा प्रजातन्त्र आयो तर त्यसपछि बनेको सरकारले कलकारखाना विदेशीलाई बेच्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यस आधारमा देशमा केही हुन्न भन्ने भाष्य बनाइएको छ । त्यसैले दिनदिनै हजारौँ युवा विदेश पलायन भइरहेका छन् ।’

    २००७ सालमा प्राप्त भएको प्रजातन्त्र २०१७ सालमा गुमेको, २०४६ सालमा गुमेको प्रजातन्त्र २०५७ सालमा गुमेको बताउँदै उहाँले गणतन्त्र संस्थागत भइनसकेकाले अहिले पनि लोकतन्त्र, गणतन्त्र गुम्न सक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

    ‘लोकतन्त्र नहुँदा कस्तो हुन्छ ? त्यो त हामीले व्यहोरेर आएका छौँ’ उहाँले भन्नुभयो– ‘यदि अहिले देशमा लोकतन्त्र नभएको भए यतिका बेर यहाँ कुरा गर्न पाइन्थ्यो ? अहिलेसम्म गोली ठोकिसक्थे नि प्रहरीले ।’

    उहाँले यो व्यवस्थाले जनताका सबै समस्या समाधान गर्ने नभए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई बचाएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा वामपन्थी नेता आनन्द शर्माले मन्तव्य राख्दै नेकपा (मसाल) ले गत एक वर्षमा सम्पन्न गरेको तीन अभियानअन्तर्गतको कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

    उहाँका अनुसार गत वर्ष २०८० सालको जेठ र असारमा प्रशिक्षण कार्यक्रम भएको, साउन, भदौ र असोजमा जनवर्गीय सङ्गठन विस्तार कार्यक्रम सम्पन्न भएको, मङ्सिर र पुसमा पार्टीको आन्तरिक सङ्गठनात्मक कार्यक्रम सम्पन्न भएको र माघदेखि चैतसम्म नवौँ महाधिवेशनसम्बन्धी कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

    नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरणको आवश्यकता औल्याउँदै उहाँले भन्नुभयो– ‘नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पूर्ण जनताको मुक्तिसँग जोडिएको हो ।’

    उहाँले नेकपा (मसाल) विश्व समाजवादी व्यवस्था निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नवौँ महाधिवेशनको घोषणासम्बन्धी मन्तव्य राख्नुभएको थियो ।

    उहाँले महाधिवेशनमा पारित प्रस्ताव, महाधिवेशनद्वारा राजनीतिक लाइन, केन्द्रीय समिति, पोलिटब्युरोलगायतका विषयमा जानकारी दिनुभएको थियो ।

    उहाँले दाबी गर्नुभयो– ‘हामी साङ्गठनिक रूपमा सानो भए पनि गुणात्मक रूपमा चुस्तदुरुस्त छौँ ।’

    राजनीतिक चेतना उच्च हुनासाथ मसालको भूमिका पनि उच्च, सशक्त र शक्तिशाली हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

    ‘हाम्रो पार्टी नै यस्तो पार्टी हो, जसले द्वन्द्ववादको व्यवहारमा प्रयोग गर्दछ’ पार्टीले द्वन्द्ववादको प्रयोग गरेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो– ‘चुनावको उपयोग र बहिष्कार, सरकारमा सहभागिता र सरकारको विरोध, सहकार्य र एकल सङ्घर्ष जस्ता सङ्घर्षका बेग्लाबेग्लै रूप प्रयोग गर्ने सन्दर्भमा नेकपा (मसाल) परिपक्व भइसकेको छ ।’

    त्यस्तै, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले सिकागोको मजदुर आन्दोलनपछि नै विश्वमा श्रमलाई सम्मान गर्ने संस्कार स्थापित भएको बताउनुभयो ।

    उहाँले मजदुरहरूको सार्वभौम अधिकारप्राप्तिको सङ्घर्षमा मे दिवसको गम्भीर अर्थ रहेको पनि बताउनुभयो ।

    एवम् प्रकारले, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले मजदुर वर्गको चेतना स्तर उच्च बनाउन कम्युनिस्ट घोषणापत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।

    नेपाल र विश्वभरिका मजदुरको अवस्था अहिले पनि चिन्ताजनक भएको बताउँदै उहाँले विश्व मजदुरको हक, हित र अधिकारको पक्षमा अन्टुकले सम्झौताहीन सङ्घर्ष गर्न तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर र अखिल नेपाल युवक सङ्घका सचिव डम्मर कार्कीको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता मसालको ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले र सञ्चालन मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका महासचिव आश्रमले “अक्टोबर क्रान्तिलाई लालसलाम” शीर्षकको स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । 

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.