काठमाडौं । नेकपा (मसाल) ले मई दिवसका अवसरमा सम्पूर्ण श्रमजीवि जनतामा शुभकामना व्यक्त गरेको छ ।
Advertisement
बुधबार (१९ वैशाख) महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी ‘विश्व सर्वहारा वर्गको महान पर्व मई दिवस’को शुभकामना दिनुभएको छ ।
वक्तव्यमा ठीक एक वर्षअघि नेकपा (मसाल) ले ऐतिहासिक तीन अभियानको सुरुवात गरेको स्मरण गर्दै सो अभियान सफल भएको मसालले ठहर गरेको छ ।
मसालले ऐतिहासिक तीन अभियान अन्तर्गत नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीको हीरक जयन्ती, लेनिनको जन्म शताब्दि र नेकपा (मसाल) को नवौं महाधिवेशन थिए ।
यी तीनवटै अभियानको पार्टीले आज देशब्यापी समापन गर्दैछ ।
यस्तो छ वक्तव्य