काठमाडौं । नेकपा (मसाल) ले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बुधबार (१९ वैशाख) पार्टीको नवौँ महाधिवेशनको घोषणा सभा गर्दैछ ।
Advertisement
विभिन्न जिल्ला समितिले एकैदिन कार्यक्रम राखेर देशब्यापी घोषणा सभा गर्न लागिएको मसाल केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा पार्टीले आज दिउँसो कार्यक्रम गर्ने भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(मसाल) का प्रवक्ता रामप्रकाश पुरीलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मसालले नवौँ महाधिवेशनको सन्देशसँगै गतवर्ष देशब्यापीरुपमा सञ्चालन गरेको ऐतिहासिक तीन अभियानको औपचारिक समापन पनि गर्दैछ ।
यसका साथै अन्तर्राष्ट्रिय मजदुर दिवस पनि मनाइने नेकपा (मसाल) ले जनाएको छ ।
