• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अब चीनमा नेपालीलाई भिषा निशुल्क


  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ ।

    Advertisement

    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गर्नुभएको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

    काठामाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिषा शुल्क नलिने जनाएको छ ।

    ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिषा शुल्क नलिने’ विज्ञप्तिमा भनिएको छ ।

    एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन् । नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एअरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘चीनले गन्तव्यको रुपमा नेपाललाई सकारात्मक रुपमा हेरेको देखिन्छ, यसरी प्राथमिकता दिइनुले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’

    नेपाली पर्यटन व्यवसायीले लामो समयदेखि नेपालीलाई निःशुल्क भिषा पाउनुपर्ने माग गर्दै आएका थिए । यसबाट नेपाली पनि सजिलै चीन जान सक्ने भएकाले दुवैतर्फको आवतजावतले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निर्देशक लामिछानेले बताए ।

    सन् २०२४ मा चिनियाँ पर्यटको आगमन बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको मार्च महिनामा १२ हजार ९३ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२३’ अनुसार सन् २०२३ मा ६० हजार आठ सय ७८ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा नौ हजार पाँच सय ९९ चिनियाँ नागरिक नेपाल आएका थिए ।

    कोरोना महामारीपूर्व सन् २०१९ मा सर्वाधिक एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.