काठमाडौं । काभ्रेको भुम्लुमा बुधबार बिहान टाटासुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काभ्रेको कात्तिकेदेउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो बुधबार बिहान साढे ८ बजे भुम्लु गाउँपालिका–५, मुलाबारीमा सडकबाट झण्डै ३५ मिटर खस्दा १० जना घाइते भएका हुन्।
घाइते हुने १० जनाकै परिचय खुलेको छ।
दुर्घटनामा टाटासुमो चालक काभ्रे चौरिदेउराली-९ का ४० वर्षीय श्याम कुमार लामा पनि घाइते भएका छन्। सबै घाइतेलाई प्राथामिक स्वास्थ्य केन्द्र कोलालीमा सामान्य उपचार गरेर थप उपचारको लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीले सुरुमा घाइतेमध्ये तीनजना महिलाको अवस्था गम्भीर रहेको जनाएको थियो। तर, प्रारम्भिक उपचारपछि सबै घाइते खतरामुक्त देखिएका प्रहरीको भनाई छ।
यी हुन् घाइते
१. चालक : जिल्ला काभ्रे चौरिदेउरालि गा.पा. ९ बस्ने अं. वर्ष ४० को श्याम कुमार लामा, घाँटी, देब्रे घुँडामा चोट मध्यम
२. जिल्ला सि.पा. मेलम्चि न.पा. ९ बस्ने अं. बर्ष ६८ की सुन्तली खड्का निधार हात खुट्टामा चोट अवस्था मध्यम रहेको,
३. ऐ ऐ बस्ने अं. बर्ष ४० की अप्सरा कार्की निधार र हातमा चोट, अवस्था मध्यम रहेको,
४. जिल्ला सि.पा. पाचँपोखरी ८ बस्ने अं. बर्ष ७० की मानकुमारी खड्का शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम रहेको,
५. जिल्ला सिन्धुली मरिण बस्ने वर्ष ५५ की मनमाया माझि छाति र निधारमा चोट अवस्था मध्यम
६. जिल्ला काभ्रे चौरीदेउराली गा.पा.६ बस्ने वर्ष ४१ को राम बहादुर माझि कम्मर, हात र खुट्टामा चोट, मध्यम
७. सिन्धुपाल्चोक मेल्म्ची बस्ने वर्ष ४२ की सिता पन्थ हात र खुट्टामा चोट, मध्यम
८. जिल्ला काभ्रे तेमाल गा.पा.७ बस्ने वर्ष ३२ की सुनिमाया लामा आँखा र निधारमा चोट,मध्यम
९. जिल्ला काभ्रे चौरीदेउराली गा.पा.९ बस्ने वर्ष ५०की राम माया लामा निधार र नाकमा चोट, मध्यम