दाङ । दाङमा एक सय पचपन्नौँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको छयहत्तरौँ पार्टीस्थापना दिवस सम्पन्न भएको छ ।
अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ पोख्रेलको प्रमुख आतिथ्यमा २०८१ वैशाख १० सोमबार ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।
नेकपा (मसाल) दाङको आयोजनामा सम्पन्न ऊक्त कार्यत्रममा मन्तव्य राख्दै उहाँले कम्युनिस्टको नाममा विभिन्न नामधारी कम्युनिस्ट पार्टी निर्माण भएका भए पनि नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेतृत्वले अपनाएको नीति नै सही रहेको बताउनुभयो ।
क्रान्तिकारी पार्टीलाई ध्वस्त पार्न विभिन्न कोणबाट हुने प्रहारलाई निस्तेज गर्दै अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यकता हो’ उहाँले भन्नुभयो ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले मन्तव्य राख्दै कम्युनिस्ट सिद्धान्त र आदर्शमा रहन सबैलाइ गाह्रो भएका कारण विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा विभाजन भएको धारणा व्यक्त गर्नुभयो ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव मनिराम खनाल, अखिल नेपाल युवक सङ्घ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे, राजमो जिल्ला सदस्य कृष्णा राना, जातीय समता समाजका सूर्यलाल नेपाली र अखिल (छैठौँ) का जिल्ला सचिव दिनेस रैदासलगायतले मन्तव्य व्यक्त गर्नभएको थियो ।
कार्यक्रममा राजमो बङ्गलाचुली अध्यक्ष सुमन घर्ती, खडानन्द खनाल, बुद्धि खड्काको समेत आतिथ्य रहेको थियो ।
राजमो जिल्ला समिति दाङका सदस्य चन्द्रबहादुर रावतको अध्यक्षता तथा कोषाध्यक्ष हरि खरेलको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको सहजीकरण ऋषिराज पोख्रेलले गर्नुभएको थियो ।