पोखरा । पोखरामा विभिनन सहकारीबाठ पीडित भएका बचतकर्ताहरूले प्रदर्शन गरेका छन् । आफ्नो बचत रकम फिर्ताको माग गर्दै पीडितहरू सडकमा ओर्लिएका हुन् ।
सोमबार पोखराको सडकमा उत्रिएका सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।
पोखरामा रहेका ६ वटा सहकारी पीडितहरूले संयुक्त रुपले निकालेको दबाब र् यालीमा ‘जीबी राई कहाँ छरु रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ जस्ता नारा लगाए ।
नाराबाजीसहित जिल्ला प्रहरी कार्यालयबाट निस्केको जुलुसले पोखरा महानगपालिका मेयरदेखि कास्कीका प्रमुख जिल्ला अधिकारीसम्मलाई ज्ञापनपत्र बुझाएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई यतिबेला फरार छन्। बचतकर्ताको अरबौं रकम अपचलन गरी फरार भएका उनी मलेसियामा रहेको आशंका गरिएको छ।
जीबी राईसँगै सूर्यदर्शन सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको छ। पोखरा महानगरबाट गठित छानबिन समितिको एउटा प्रतिवेदनमा उनको नाममा पनि रकम गएको देखिन्छ। जीबी नै अध्यक्ष रहेको गोर्खा मिडियामा कुनै बेला रवि आफैं काम गर्थे।
जीबी पक्राउ नपर्नुले रविमाथि प्रश्न उठेको हो ।
सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेलसहितका केही सञ्चालकहरू पक्राउ परे पनि जीबीलाई समात्नेतर्फ प्रहरीले सफलता पाउन सकेको छैन।
जीबीलाई पक्राउ गर्न पीडितहरूले पटक–पटक प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि गुहारिसकेका छन्।
राज्यकोषबाट पैसा दिने गृहमन्त्रीको आश्वासन
यसैबीच पोखराका सहकारीबाट ठगिएकाहरूले गृहमन्त्री लामिछानेले अपचलन भएको रकम राज्यकोषबाट दिलाउने प्रयत्न सरकारबाट भइरहेको दाबी गरेका छन्।
सहकारी पीडितहरूले सोमबार पोखरामा निकालेको दबाब जुलुसपछि आयोजित कोणसभामा बोल्दै सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले दुई हप्ताअगाडि मात्र आफूले गृहमन्त्रीसँग भेट गर्दा लामिछानेले अपचलन भएको रकम राज्यकोषबाट आफूहरूले फिर्ता पाउने संकेत पाएको दाबी गरेका हुन्।