काठमाडौं । गोरखाको चुननुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुट्दा खहरेमा ठूलो बाढी आएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको छ ।
प्रहरी टोली घटनास्थलतिर जाँदै गरेको र क्षतिको थप विवरण आइनसकेको प्रहरीले जनाएको छ । सानागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ।
ताल रहेको क्षेत्र चुननुब्री १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्छ ।
माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको प्रहरीको आशंका छ । त्यहाँबाट आएको बाढी बुढीगण्डकीमा मिसिने स्थानीयले बताएका छन्।