काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा लागेको आगो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
Advertisement
दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार महानगरपालिकाको दमकल पल्टिएर दुर्घटना भएको हो ।
स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो।
प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो नियन्त्रणमा लिएका छन् ।
आगो नियन्त्रणमा नलिएको भए नजिकै रहेको बस्तीलाई भेट्ने खतरा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विवरण आउन बाँकी छ।