जयपुर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर दक्षिण नगर समितिअन्तर्गत विद्यार्थी सङ्घ गठन भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजाली, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, नगर अध्यक्ष रिम रानाको विशेष उपस्थितिमा डिसेम्बर १७, २०२३ आइतबारका दिन आयोजित भेलामाझ उक्त समिति गठन भएको हो ।
समितिको अध्यक्षमा साक्षी थापा रहनुभएको छ भने सचिवमा नितिन थापा र कोषाध्यक्षमा सोनिया थापा रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा आशु थापा, रचित रजाली, अंशु लोप्चन, आइशा मगर, सन्दीप थापा, सुषमा थापा, विष्णु राना, धीरज थापा, दीपक सिँजाली र प्रेम गुरुङ रहनुभएको छ ।
त्यसै गरेर वैकल्पिक सदस्यमा रोशनी थापा, सौम्या थापा, रेशमा थापा, दीपिका परियार रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
नवगठित समितिलाई महिला विभागकी हुमा रजाली तथा जयपुर उत्तरका नारायण पौडेलले शुभकामना दिनुभएको थियो ।

