टुकबहादुर रामदाम, मस्कट ।
Advertisement
नेपाल मगर सङ्घ ओमानको छैटौं अधिवेशन २०२३ डिसेम्बर १५ शुक्रबारको दिन ओमनस्थित एक रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष गोम सारूमगरको सभापतित्वमा अघि बढेको अधिवेशनको प्रमुख अतिथि नेपाली राजदूतावासका विशेषकुमार शाह हुनुहुन्थ्यो ।
सन्तोष मगरले सञ्चालन गर्नुभएको सो अधिवेशनले आगामी दुई वर्षका लागि दिल रानामगर अध्यक्ष तथा झमकबहादुर आलेमगर महासचिव रहनुभएको केन्द्रीय समिति चयन गरेको छ ।
अधिवेशनमा स्थानीय कलाकारद्वारा सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।