टुकबहादुर रामदाम, मस्कट ।
Advertisement
क्यान्सरबाट पीडित उदयपुरकी प्रदीप केप्छाकीमगरलाई नेपाली समाज ओमनले बिस हजार रुपियाँ सहयोग गरेको छ ।
२९ वर्षीय मगरको पारिवारिक आर्थिक अवस्था अवस्था निकै कमजोर भएको हुँदा निजलाई थप उपचारमा सहयोग पुगोस् भनी समाजले सहयोग गरेको हो ।
समाजका अध्यक्ष रविन्द्र राजथलाका अनुसार उक्त सहयोग समाजकै नेपाल प्रतिनिधि सबिता श्रेष्ठले पीडित मगरको घरमै पुगी हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा उहाँले शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।
साथै समाजले पीडितलाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।