काठमाडौं । भारतको सिमलामा मजदुरी गरी घर फर्कने क्रममा एक व्यक्ति सम्पर्कविहीन भएका छन् ।
Advertisement
प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–१ चुँदरीखोलाका ४० वर्षीय शिवराज विष्ट सम्पर्कविहीन भएका हुन् ।
उनी सिमलाबाट घर फर्कनेक्रममा चंडिगढमा ४÷५ दिन बसि त्यहाँबाट हिँडेका र आजसम्म सम्पर्कमा नआएका फुपु वसन्ता भण्डारीले जानकारी दिएकी छन् ।
भारतको पंजाब लुधियानस्थित निर्मल नगर दुगरी गल्ली नं ६ मकान नं २८५ मा बस्ने भण्डारी परिवारले शिवराजको खोजी गरिदन सार्वजनिक आह्वान गरेको छ ।

