काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले ढुक्क भएर एसईई परीक्षामा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । कोरोनाको सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन महासंघले आग्रह गरेको हो ।
Advertisement
महासंघद्वारा जारी विज्ञप्तिमा परीक्षा नहुने भन्ने अन्योलमा नरही परीक्षा सञ्चालन गर्न गराउन सबै विद्यालय र शिक्षकलाई समेत आग्रह गरिएको छ ।
एसईई परीक्षा यही चैत ६ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षाका लागि साधारण र प्राविधिक धारका गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् ।
महासंघले भाइरसको जोखिमबाट आफूलाई सुरक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा दैनिक सवधानी अपनाउन आग्रह गरेको छ ।