काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । त्यारोपणमा संलग्न रहेका प्रा.डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताउनु भयो।
उहाँले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालेको बताउनुभयो। प्रत्यारोपाण सम्पन्न भए पनि अहिलेसम्म प्रधानमन्त्रीलाई होसमा भने नल्याइएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको बुधबार बिहान साव १० बजेबाट मिर्गौला प्रत्यारोपण सुरु भएको थियो।प्रत्यारोपणका लागि पाँच घण्टा समय लाग्ने डाक्टरहरुले बताएका थिए। सोही समयको आसपासमा नै प्रत्यारोपण सम्पन्न भएको हो।
१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो।प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौंलाले मिर्गौला दिएकी हुन्।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय ड. अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ।

