ब्राजिल । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा आवासीय भवन भत्किँदा एघार जनाको मृत्यु भएको छ ।
Advertisement
पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो ।
शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।
सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएकोे थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।