• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोनाभाइरसः इटलीमा संक्रमितको संख्या चार सय पुग्यो


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • काठमाडौं । इटलीमा कोरोनाभाइरस संक्रमितको संख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा संक्रमितको संख्या २५ प्रतिशतले बढेको बताइएको छ ।

    Advertisement

    युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो ।

    इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ ।

    गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

    कोभिड–१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ।

    इटलीको पछिल्लो अवस्थाकस्तो छ?

    मंगलवार रातिसम्म कोरोनाभाइरस संक्रमितको संख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्।

    इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ।

    कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।

    अधिकारीहरूले भाइरस फैलने क्रम रोक्न उचित कदम चालिरहेको भन्दै सर्वसाधारणलाई पुनः आश्वासन दिन खोजिरहेका छन्।

    शैक्षिक संस्थाका साथै सिनेमा हल बन्द गरिएको छ भने कैयौँ सार्वजनिक कार्यक्रममाथि रोक लगाइएको छ।

    कोरोनाभाइरसको प्रकोपले इटलीलाई आर्थिक मन्दीमा धकेल्न सक्ने आशङ्का बढाएको छ।

    त्रासका कारण हाल इटलीका क्याफे खाली छन् भने होटलहरुको बुकिङ रद्द भइरहेका छन्। अन्य विभिन्न मुलुकहरूको अवस्था पनि त्यस्तै छ।

    इटलीका स्वास्थ्यमन्त्रीसँग भेटघाटपछि स्वास्थ्य मामिला हेर्ने युरोपेली सङ्घका एक आयुक्तले भनिन्, ‘यो चिन्ताको विषय हो। तर हामी आत्तिनु हुँदैन । यो भाइरसबारे अझ धेरै कुरा थाहा हुन बाँकी छ, विशेषतः यसको उत्पत्ति र यो कसरी फैलिन्छ भन्ने जस्ता विषय।’

    अन्य युरोपेली राष्ट्रहरूको अवस्था कस्तो छ ?
    बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डले कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताएका थिए ।

    इटली गएका मानिसहरूमा त्यो भाइरस देखिएको थियो ।

    पछि स्पेन, जर्मनी र फ्रान्समा पनि थप सङ्क्रमणका घटना सार्वजनिक गरिएका थिए ।

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.