• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सम्झनाको तरेलिमा कामरेड मित्रलाल शर्मा


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • सुवाश संयम

    Advertisement

    आजभन्दा ठिक ४ वर्षअघि आजकै दिन (२०७२ फागुन १३ गते) म बागबजारको पुस्तक सेन्टरमा थिएँ । दिउँसो करिब ४ बजेको थियो । मोहनजीले फोन गर्नुभयो– तिमी तुरुन्त वीर हस्पिटलमा जाऊ, मित्रलालजीलाई बढी समस्या भयो रे ! त्यहाँ हाम्रो अरू साथी कोही छैन ।

    म दौडेरै एकैछिनमा मित्रलाल अङ्कललाई राखेको वीर अस्पतालको क्याबिनमा पुगेँ । क्याबिनमा पुग्दा मभन्दा अघि नै आनन्दजी पुगिसक्नुभएको रहेछ, मोहनजीले भनेर नै । क्याबिनमा पुग्दा मित्रलाल अङ्कल बेडमा बसेर बोलिरहनुभएको थियो ।

    मैले सोधेँ– अङ्कल कस्तो छ ? उहाँले ठिक छ, छाती अलिकति दुखेको छ, राती सास फेर्न अलि अप्ठ्यारो भयो, यहाँ त डक्टरले डिस्चार्ज गरेको छ तर एकचोटी गङ्गालाल गएर मुटु हेर्नू भनेको छ भन्नुभयो ।

    स्थिति त्यति गम्भीर लागेन । मन अलि शान्त भयो । मैले मोहनजीले त धेरै आत्तिएर फोन गर्नुभएको थियो भनेँ । आनन्दजी पनि दौडेरै आउनुभएको रहेछ । एकै छिनमा केबी थापा अङ्कल पनि आउनुभयो ।

    मित्रलाल अङ्कलले हाँस्दै ‘मोहनजी स्वास्थ्यको धेरै ख्याल गर्नुहुन्छ, मैले राती सास फेर्न गाह्रो भएको कुरा गरेको थिएँ, डाक्टरले गङ्गालाल जान भनेको कुरा पनि गरेको थिएँ, त्यसैले आत्तिनुभयो होला भन्नुभयो ।

    वीर अस्पतालबाट डिस्चार्ज भएकाले मित्रलाल अङ्कलको जेठोछोरा र श्रीमतीले सामान मिलाउँदै हुनुहुन्थ्यो । आनन्दजी डिस्चार्जको प्रक्रिया मिलाउन लाग्नुभयो । यता, क्याबिनमा मित्रलाल अङ्कलले बुटवलको सम्मेलनको कुरा सोध्नुभएको थियो । उहाँ राष्ट्रिय जनमोर्चाको सम्मेलनको सिलसिलामा बाइक दुर्घटना हुँदा छातीका करङ फ्याक्चर भएर वीरमा भर्ना हुनुभएको थियो ।

    मित्रलाल अङ्कलको श्रीमती र कान्छो छोरा विकास दाइ हस्पिटलमा भर्ना हुँदा लिएका सामान लिएर कलङ्की कोठामा जाने कुरा भयो । जेठो छोरा ज्ञानुदाइ, आनन्दजी, केबिीव अङ्कल, भीष्म र म भएर उहाँलाई गङ्गालाल लैजाने कुरा भयो । मित्रलाल अङ्कलको श्रीमती रुँदै हस्पिटलबाट निस्कनु थाल्नुभयो । सम्झाउँदै अङ्कलले ‘किन रुन्छ्यौँ ? साँझ त म आइहाल्छु’ भन्नुभयो ।

    वीरबाट बाहिर निस्कँदासम्म मित्रलाल अङ्कलले हामीलाई धेरैचोटी हसाउनुभयो । बाहिर गेटमा आउँदासम्म पनि नर्सलाई जिस्काउँदै निस्कनुभयो । अङ्कलले हामीलाई हसाउँदै हुनुहुन्थ्यो । उहाँलाई ट्याक्सीमा राखेर हामीले गङ्गालाल लग्यौँ । त्यहाँ इमर्जेन्सीमा देखाउने कुरा भयो । अङ्कललाइ इमर्जेन्सीभित्र राखेर हामी बाहिर बस्यौँ । उहाँ भित्र छिर्ने बेलासम्म पनि अनुहारमाको चमक उत्तिकै शालीन, धैर्य र हँसिलो नै थियो ।

    करिब साढे पाँच बजेतिर हामीले उहाँलाई गङ्गालाल हस्पिटल पुराएका थियौँ । भित्र गएको करिब १५ मिनेटमै डाक्टरहरूले हामीलाई थुप्रै औषधि ल्याउन लगाए । त्यतिबेलासम्म केसीजी, मोहनजी, मनोजजी, दुर्गाजी, मीनाजीहरू आइपुग्नुभएको थियो ।

    इमर्जेन्सीभित्र छिराएको आधा घण्टापछि उहाँको अवस्था गम्भीर भएको कुरा डाक्टरले हामीलाई बताउन थाले । केसीजीले थप उपचारको लागि वरिष्ठ डाक्टरको खोजीमा लाग्नुभयो । हामी सबै आत्तियौँ । करिब हस्पिटल लगेको एक घण्टामा नै मित्रलाल अङ्कलको दुःखद निधन भयो । हाम्रा सम्पूर्ण प्रयासहरू असफल भए । वास्तवमा त्यो राती नै उहाँलाई हर्ट अट्याक भइसकेको रहेछ ।

    अङ्कलले हाँस्दाहाँस्दै संसार त्याग्नुभयो । हामीलाई झुक्काउनुभयो । हामी गङ्गालालको बाहिर भावविह्ल भयौँ । आँखा सबैका भिजे । एकैछिनमा त्यो दुखद खबर देशविदेशभरि भयो । काठमाडौँमा रहेका हाम्रा धेरै साथी र उहाँका आफन्तजन जम्मा हुनुभयो । हस्पिटलको वातावरण नै शोकाकुल भयो ।

    श्रमजीवी वर्गको मुक्ति अभियानका अथक योद्धा, तत्कालीन अन्तर्राष्ट्रिय नेपाली एकता समाज तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष, पार्टीका एक खम्बा, निकै बोल्ड र जिम्मेवार व्यक्तित्वको दुःखद निधन भयो । सालिन र भद्र नेता, पार्टीको एउटा कुशल अभिभावकलाई हामीले सदासदाका लागि गुमायौँ । त्यो क्षण अहिले पनि मेरो मनसपटलमा छ । मन सिरिङ्ग हुन्छ । नमिठो यादले पोल्छ ।

    मित्रलाल अङ्कल यो संसारमा हुनुहुन्न । तर उहाँको पार्टीप्रतिको योगदान, उहाँले जीवनपर्यन्त राखेका विचार अहिले पनि प्रेरणादायी छन् । उहाँको आस्था र बोकेको विचार हाम्रा लागि मार्गदर्शन हुन् । हामीले हजुरलाई भुलेका छैनौँ । हामी सम्झिरहने छौँ । हजुरले देखाएको बाटोमा अविचलित हिडिरहने छौँ । तपाईको अभाव त खड्किरहेको छ, खड्किरहने छ ।  हार्दिक श्रद्धाञ्जली का. मित्रलाल शर्मा ।

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.