• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

खालिस्तानी नेता अमृतपालको खोजीमा भारतीय प्रहरी, नेपालमा लुकेको आशंका


  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंह नेपालमा लुकेर बसेको आशंका गरिएको छ ।

    Advertisement

    भारतीय प्रहरीले सीमाक्षेत्रमा उनको खोजी ब्यापक बनाएको छ भने नेपालमा निगरानी बढाउन आग्रह गरेको छ ।

    १८ मार्चबाट फरार सिंहको खोजी पन्जाबसहित नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर र पिथौरागढसम्म भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नेपालस्थित भारतीय राजदूतावासले उनी नेपालमै हुनसक्ने आशंका गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सार्वजनिक भइसकेको छ।

    पन्जाबको खुफिया एजेन्सीले भने सिंहको अन्तिम लोकेसन नेपालमा भएको दाबी गरेको छ । प्रहरीको टोली पुगिसकेको र नेपाल प्रहरीको सहयोगमा केही स्थानमा छापा मारेको दाबी पनि गरिएको छ। उनी नेपाल भएर विदेश उड्न सक्ने भन्दै सहयोगको आग्रहसमेत गरिएको छ।

    भारत सरकारको अनुरोधमा नेपाल भित्रिने र बाहिरिने नाका, होटल र प्रहरी चौकीहरुमा सिंहको हुलिया पठाइएको बताइएको छ।

    सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।

    ३० वर्षीय अमृतपाल सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

    त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ। यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।

    यसैबीच अमृतपाल आत्मसमर्पण गर्न तयार रहेको खबर बाहिरिएको छ। त्यसका लागि उनले तीनवटा सर्त राखेका छन् ।

    भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार प्रहरी हिरासतमा कुटपिट नगर्न, पन्जावकै जेलमा राख्ने व्यवस्था मिलाउन र आत्मसमर्पणलाई पक्राउ नभन्न उनले सर्त राखेका हुन् ।

    बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.